Shikhar Insurance

बोक्चेगौँडादेखि छारेसम्म आवतजावत गर्न कठिनाइ

सिंहदरबार संवाददाता
२०८० आश्विन ८, सोमबार १४:१५
NIMB
Nabil Bank

सिमकोट । साउन १३ गते परेको अविरल वर्षा र केही दिनअघि परेको वर्षाले हुम्लाको खार्पुनाथ गाउँपालिका–१ बोक्चेगौँडादेखि छारेसम्मको बाटो ठाउँठाउँमा भत्किएपछि आवातजावतमा कठिनाइ भएको छ । अविरल वर्षाले बोक्चेगौँडा, सुनाखाडा, लालीबगर, मुसेडी छारेलगायत ठाउँमा सडक भत्किएपछि कर्णाली करिडोरअन्तर्गत सिमकोट–खार्पुनाथखण्ड अवरुद्ध भएको हो । यो सडकखण्डमा सवारीसाधन सञ्चालनमा नआए पनि दैनिक आवतजावत गर्ने बटुवा र खच्चड व्यवसायीलाई समस्या भएको छ ।

यी क्षेत्रमा वर्षाले ठाउँ–ठाउँमा सडक भत्किएर आवतजावतमा समस्या भएको वडा नं १ पिउस गाउँका भैरव शाहीले बताए। अवरुद्ध सडक तथा बाटो खुलाउन सरोकारवाला निकायले कुनै चासो नदिएको सर्वसाधरणको गुनासो थियो । सडक अवरुद्धसँगै सदरमुकाम सिमकोट आवतजावत गर्न समस्या देखिएको छ  भने बाटो अवरुद्ध हुँदा यस क्षेत्रका सर्वसाधारण र  बिरामीलाई सदरमुकाम सिमकोट आवतजावत गर्न सकस भएको छ।

Citizen Life
Kumar Bank
Nepal Life

विभिन्न ठाउँमा सडक माथिबाट भासिँदा सदरमुकाम जान र दक्षिणी क्षेत्रका गाउँपालिकामा जानसमेत थप समस्या भएको सिमकोट गाउँपालिका–२ ठेहे गाउँका नरबहादुर भण्डारीले बताए। आफू सिमकोटबाट कामको सिलसिलामा चङ्खेली गाउँपालिकामा जानेक्रममा विभिन्न ठाउँमा भत्किएको सडकबाट जोखिम मोलेर जानुपरेको उनको गुनसो थियो । चङ्खेली पुग्न सिमकोटबाट दुई दिन लाग्छ ।

बाटो खुलाउन अहिलेसम्म जिल्ला विपद् व्यवस्थापन समिति, खार्पुनाथ गाउँपालिका र हिल्सा सिमकोट सडक योजनाले कुनै चासो दिएको छैन । वर्षाले यसखण्डका विभिन्न ठाउँमा पहिरोले सडक भत्किदा सलिसल्लादेखि सिमकोटसम्म ढुवानी गर्दै आएका खच्चडलाई पनि आवत जावत गर्न समस्या भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्