Shikhar Insurance

श्रीलंकाले सुधारमा प्रशंसनीय प्रगति गरेको आईएमएफको भनाइ

सिंहदरबार संवाददाता
२०८० आश्विन ११, बिहीबार १३:१९
NIMB
Nabil Bank

काेलम्बाे । श्रीलंकाले कठिन तर अति आवश्यक सुधारहरू कार्यान्वयन गर्ने दिशामा प्रशंसनीय प्रगति गरेको छ अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले बुधबार जनाएको छ ।

श्रीलङ्काको सुधारहरू कार्यान्वयन गर्ने दिशामा गरिएका प्रयासहरूले प्रतिफल राम्रो दिइरहेको र अर्थव्यवस्था स्थिरीकरणको अस्थायी संकेतहरू देखा परिरहेको आईएमएफले बताएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

पिटर ब्रुएर र कात्सियारिना स्विरिड्जेन्काको नेतृत्वमा आएको आईएमएफ टोलीले विस्तारित कोष सुविधा व्यवस्थाअन्तर्गत कार्यक्रमको पहिलो समीक्षाको अनुमोदनलाई समर्थन गर्न आर्थिक र वित्तीय नीतिहरूमा छलफल गर्न सेप्टेम्बर १४ देखि २७ सम्म कोलम्बोको भ्रमण गरेको थियो ।

छलफलपछि जारी विज्ञप्तिमा भनिएको छ, “सेप्टेम्बर २०२२ मा मुद्रास्फीति ७० प्रतिशतको शिखरमा रहेको र यसबाट घटेर सेप्टेम्बर २०२३ मा दुई प्रतिशतभन्दा तल झरेको छ र यस वर्षको मार्च–जुनमा कूल अन्तर्राष्ट्रिय सञ्चिति १.५ अर्ब अमेरिकी डलरले बढेको छ । स्थिरीकरणको प्रारम्भिक संकेतका बावजुद, पूर्ण आर्थिक पुनरुत्थान अझै सुनिश्चित भएको छैन ।”

दोस्रो त्रैमासिकमा वास्तविक कूल गार्हस्थ्य उत्पादन (जीडीपी) ३.१ प्रतिशतले खुम्चिएको छ र उच्च आवृत्तिका आर्थिक सूचकहरूले मिश्रित सङ्केतहरू प्रदान गर्न जारी राखेका छन् । हालैका महिनाहरूमा सञ्चयमा कमी आएको छ,” ब्रुएरले भने ।

अर्थतन्त्रलाई दिगो पुनःरुत्थान, स्थिर र समावेशी आर्थिक वृद्धिको मार्गमा अघि बढाउन सुधारको गतिलाई निरन्तरता दिनु महत्वपूर्ण रहेको छ, उनले थपे।

आईएमएफ टोलीले भनेको छ, “अधिकारीहरूले कार्यक्रमको प्राथमिक सन्तुलन लक्ष्यहरू पूरा गरेका छन् र कार्यक्रमको यस महत्वपूर्ण स्तम्भप्रति प्रतिबद्ध छन् ताकि ऋण स्थिरता पुनःस्र्थापना गर्ने उनीहरूको प्रयासलाई समर्थन गर्न सकियोस् ।” सिन्ह्वा

GBIME

प्रतिक्रिया दिनुहोस्