Shikhar Insurance

मर्सिडिज बेन्जको विद्युतीय सवारी साधन बिक्री १६२ प्रतिशतले बढ्यो

सिंहदरबार संवाददाता
२०८० आश्विन २३, मंगलवार २२:१८
NIMB
Nabil Bank

म्युनिख । जर्मन कार निर्माता कम्पनी मर्सिडिज बेन्जले मङ्गलबार आफ्नो सन् २०२३ को तेस्रो त्रैमासिकमा बिक्रीमा उच्च वृद्धि भएको जनाएको छ ।

त्रैमासिकमा मर्सिडिजका आरामदायी महङ्गा कारका लागि चीन एक महत्वपूर्ण बजार हो ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीले तेस्रो त्रैमासिकमा ६१ हजार ६०० विद्युतीय सवारी साधन (बीइभीएस) बेचेको छ, जुन अघिल्लो वर्षको तुलनामा ६६ प्रतिशतले बढी हो र तीन हजार ७०० ईक्यूएस एसयूभी कार बेचेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १६२ प्रतिशतले बढी हो ।

यस वर्षको पहिलो नौ महिनामा मर्सिडिज बेन्जले आफ्नो विद्युतीय कारको बिक्री लगभग दोब्बर बनाएको छ । यद्यपि, समग्र बिक्री तेस्रो त्रैमासिकमा चार प्रतिशतले घटेर पाँच लाख १० हजार ६०० मा झरेको छ ।

तेस्रो त्रैमासिकमा, जी–क्लास र मर्सिडीज–मेबाख, दुवैले नयाँ रेकर्डहरू तोडे । चीनमा यी कारको बिक्री क्रमशः ३५ प्रतिशत र ३० प्रतिशतले बढेको छ । चीनमा मर्सिडिजका कम्पनीको समग्र उत्पादनको बिक्री स्थिर रह्यो ।

मर्सिडीज–बेन्ज एस–क्लास पनि चिनियाँ बजारमा एक प्रमुख विक्री हुने कारका रूपमा रह्यो । एस–क्लासको बिक्रीमा उल्लेखनीय नौ प्रतिशत वृद्धि गरेको छ ।

तेस्रो त्रैमासिकमा एस–क्लासको बिक्रीमा १८ प्रतिशतले विश्वव्यापी गिरावट आए पनि चीनमा भने यसले राम्रो बजार पाएको थियो । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्