Shikhar Insurance

चीनको नयाँ ऊर्जा यात्री कार २२.१ प्रतिशतले वृद्धि

सिंहदरबार संवाददाता
२०८० आश्विन २४, बुधबार १६:३४
NIMB
Nabil Bank
बेजिङ । चीनमा २०२३ को सेप्टेम्बरमा नयाँ ऊर्जा यात्री कारहरुको बिक्री बढेको उद्योग संघको तथ्याङ्कले देखाएको छ ।
गत महिना ऊर्जा यात्री कारको बिक्री २२.१ प्रतिशतले बढेर सात लाख ४६ हजार एकाइ पुगेको चाइना प्यासेन्जर कार एसोसियसनले जनाएको छ ।
एसोसियसनका अनुसार वर्षको पहिलो नौ महिनामा खुद्रा बिक्री ५१ लाख ९० हजार भएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३३.८ प्रतिशत बढी हो ।
कारहरूको थोक बिक्री सेप्टेम्बरमा मात्र ८ लाख २९ हजार पुगको छ । जुन २३ प्रतिशतले धेरै हो । चीनमा उर्जा यात्री कारको निर्यात एक वर्षअघिको तुलनामा एक सय सात प्रतिशतले बढेर ९१ हजार पुगेको । यो कुल कार निर्यातको २५ दशमलव चार प्रतिशतले बढी हो । सिन्ह्वा

GBIME

प्रतिक्रिया दिनुहोस्