Shikhar Insurance

सुकुटेमा नेपालमै पहिलो ह्याममेक केवलकार, ३६० डिग्री स्विङ र टेन्डम स्काई रोप साइकल सुरु

सिंहदरबार संवाददाता
२०८० आश्विन २५, बिहीबार १६:०८
NIMB
Nabil Bank

काठमाडाैं । सिन्धुपाल्चोकको चर्चित पर्यटकीय केन्द्र सुकुटेमा नेपालमै पहिलोपटक ह्याममेक केवलकार, ३६० डिग्री स्विङलगायत साहसिक खेलका गतिविधिहरू सञ्चालनमा आएका छन् ।

कम्पनीका अनुसार, स्विङमा ३६० डिग्रीमा घुमेर ‘थ्रिल’को अनुभव गर्न सकिनेछ । यस किसिमको स्विङ नेपालमै पहिलोपटक भएको कम्पनीको दाबी छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीले भोटेकोसी खोलामाथि २२० मिटर लामो जिपलाइन पनि सुरु गरेको छ । साथै २२० मिटर लामो स्काइ रोप साइकल पनि सन्चालनमा आएको छ । स्काइ रोप साइकलमा एक जना बसेर चलाउने र जोडी नै बसेर चलाउन मिल्ने गरि बनाइएको छ ।

थ्रिल भ्याली प्रालिले करिब एक करोड रुपैयाँको लगानीमा सुकुटेमा स्विङसहित विभिन्न साहसिक खेलहरू सञ्चालनमा ल्याएको हो ।

र्‍याफ्टिङ व्यवसाय गर्दै आएका महेन्द्र श्रेष्ठ, सम्झना खड्का र राज केसीको लगानीमामा सुकुटेमा थ्रिल भ्याली सुरु भएको हो । साहसिक खेलका पारखीहरूका लागि लक्षित गरि कम्पनीले सञ्चालनमा ल्याइएको सञ्चालक श्रेष्ठले जानकारी दिए ।

कति लाग्छ शुल्क ?

कम्पनीले सञ्चालनमा आएको अवसरमा रिसोर्टले आफ्ना ग्राहकहरूका लागि तिहारसम्म विभिन्न छुटको घोषणा गरेको छ ।

जसअनुसार, स्वीङका लागि ३ सय रुपैयाँ प्रतिव्यक्ति, केबल कारका लागि प्रतिव्यक्ति तीन सय रुपैयाँ, स्काइ साइकलको एक हजार रुपैयाँ प्रतिव्यक्ति तथा डबल स्काइ साइकलको १५ सय रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार फ्यामिली पिङका लागि २ सय रुपैयाँ र गुलेली पिङका लागि पनि २ सय रुपैयाँ शुल्क कायम गरिएको छ ।

कसरी पुग्ने ?
काठमाडौंबाट दोलालघाट हुँदै सुकुटे पुग्न सकिन्छ । सार्वजनिक तथा निजी सवारी साधनमा सहजै पुग्न सकिने सुकुटे काठमाडौंबाट ६६ किलोमिटरको दूरीमा पर्छ । जहाँ जानका लागि काठमाडौंको बसपार्कबाट सार्वजनिक बसमा करिब ३ सय रुपैयाँ भाडा तिर्नुपर्ने हुन्छ । यसबाहेक सुमो लगायतका गाडीले ५ सय रुपैयाँमा सुकुटेसम्म पुर्‍याउेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्