Shikhar Insurance

तीन वटा नयाँ केबलकारको निर्माण थाल्दै चन्द्र ढकाल, कहाँ कहाँ ?

सिंहदरबार संवाददाता
२०८० कार्तिक १३, सोमबार २०:४२
NIMB
Nabil Bank

लण्डन । नेपाल उद्योग वाणिज्य महास‍ंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कास्कीको सिक्लेस ताप्लेजुङको पाथिभरा र कर्णाली चिसापानीको जालपादेवि मन्दिरमा केबलकार बनाउने भएका छन् ।

आइएमई ग्रुपका अध्यक्ष समेत रहेका ढकालको नेतृत्वमा यस अघिनै चन्द्रागीरी केबलकार मौलाकालीका केबलकार र लुम्बिनी केबलकार निर्माण सम्पन्न भई सञ्चालनमा छन् । सात प्रदेशमा एक एक वटा केबलकार निर्माण गर्ने घोषणा गरेका ढकालले तत्कालै तीन वटा नयाँ परियोजना अघि बढाउने बताएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

अर्थमन्त्री डा.प्रकाश शरण महतसंगै बेलायत पुगेका महासंघ अध्यक्ष ढकालले तीन वटा केबलकार परियोजनामा लगानी गर्न गैर आवासीय नेपालीहरुलाई आग्रह पनि गरे । बेलायत स्थित गैर आवासीय नेपालीको समेत लगानीमा चन्द्रागिरि हिल्स तथा केबलकार सञ्चालनमा ल्याएको चन्द्रागिरि हिल्स नेपालकै आकर्षक पर्यटन गन्तव्य बनेको र उच्च प्रतिफल दिएको उदाहरण प्रस्तुत गर्दै अध्यक्ष ढकालले लगानी बढाउन हिचकिचाउनु पर्ने कारण नरहेको बताए । सातै प्रदेशमा चन्द्रागिरि जस्तै हिल स्टेसन सहितका केबलकार परियोजना अघि बढाएको उल्लेख गर्दै उनले आफू जन्मे हुर्केको प्रदेशमा रहेका पर्यटकीय पूर्वाधार परियोजनामा लगानी गर्न पनि गैर आवसीय नेपालीहरूलाई आग्रह गरे ।

यसै गरी गैर आवासीय नेपालीहरू सँगको सहकार्यमा म्याग्दीमा जलविद्युत परियोजना सम्पन्न भइसकेकोले अन्य जलविद्युत परियोजनामा समेत लगानी बढाउन पनि अध्यक्ष ढकालले आग्रह गरे । उनले विश्वव्यापी संकटका असरले नेपालको अर्थतन्त्रमा देखिएका समस्या समाधान हुँदै गएको, उल्लेख्य रूपमा रेमिटेन्स भित्रिएको, पर्यटक आगमनमा सुधार भएको र बैंकीङ क्षेत्रमा लगानी योग्य रकम बढिरहेकाले लगानीको वातावरण सुधार भइरहेको पनि अध्यक्ष ढकालले उल्लेख गरे । लगानी तथा प्रतिफलका हिसाबले नेपालमा अवसरै अवसरको सम्भावना भएकाले त्यसबाट फाइदा उठाउन ढिलाइ नगर्न पनि उनले एनआरएनहरुलाई अनुरोध गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्