पर्यटन मन्त्रालय मातहत निकायबाट ४ करोड बढी सहयोग

सिंहदरबार संवाददाता
२०८० कार्तिक २२, बुधबार १६:४९

काठमाडौं  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मातहतका निकायबाट भूकम्पीडितका लागि सहयोग जुटाएको छ । मन्त्रलयले आज प्रधामन्त्री रहत कोषमा ४ करोड १३ लाख ९८ हजार नौ सय ८८ सङ्कलन भएको रकम जम्मा गरेको हो ।

मन्त्रालय मातहतका विभिन्न निकायबाट जम्मा भएको रकम आज पर्यटनमन्त्री सुदन किरातीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई हस्तान्तरण गरेको मन्त्रालयले जनाएको छ ।

सहयोग रकम जम्मा गर्नेहरुमा नेपाल नागरिक उड्डयन प्राधिकरण एक करोड, नेपाल वायुसेवा निगम २५ लाख, पर्यटन बोर्ड ५० लाख, पशुपति क्षेत्र विकास कोष २१ लाख २१ हजार दुई सय ११, नेपाल पर्वतारोहण सङ्घ ३१ लाख ११ हजार एक सय ११, एयर डाइनेष्टि हेलिकप्टर ११ लाख एघार हजार एक सय ११, कैलाश हेलिकप्टर १० लाख रहेका छन् ।

त्यस्तै क्यासिनो मोजाङ ५ लाख, क्यासिनो मोजाङ नेपालगञ्ज ५ लाख, डेल्टिन क्यासिनो काठमाडौं ५ लाख, क्यासिनो वेलिज काठमाडौं ५ लाख, क्यासिनो प्राइड काठमाडौं ५ लाख, क्यासिनो प्यालेस काठमाडौं ५ लाख, क्यासिनो प्यालेस झापाले ५ लाख पर्यटन मन्त्रालयमा जम्मा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्