तस्बिर
आहारको खोजी गर्दै बकुला
ललितपुर । ललितपुर महानगरपालिका २२ खोकनाका खेतको डिलमा आहारको खोजी गर्दै बकुला ।
पैसा ‘तह’ लगाउने मेसिन उद्घाटन गर्दै गभर्नर
पोखरा । नेपाल राष्ट्र बैंकले पोखरामा सञ्चालनमा ल्याएको ‘बैंक नोट श्रेड्डिङ एण्ड ब्रिकेटिङ सिस्टम’ (बीएसबीएस) मेसिनको शुक्रबार स्वीच थिचेर शुभारम्भ गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी । तस्बिर रासस
निर्माण सामग्री लादै गरेका खच्चड
जाजरकाेट । निर्माणका सामग्री लिएर उपल्लो डोल्पा जाँदै गरेका खच्चड । यातायातको पहुँच नभएका कारण घोडा, खच्चड र मान्छेले अतिआवश्यक सामग्री बोकेर जाने गरिन्छ ।
महँगी विरुद्ध प्रदर्शनमा उत्रिए किसानहरू (फोटो फिचर)
काठमाडौं । मुल्यवृद्धि र महँगी विरुद्ध किसानहरूले माइतीघरमा प्रदर्शन गरेका छन् । बुधबार किसान महासंघ र अखिल नेपाल किसान युनियनले रासायनिक मलको अभाव, पेट्रोलियम पदार्थमा भएको चर्को मुल्यवृद्धि र महँगी विरुद्ध संयुक्त रूपमा प्रदर्शन गरेको हो । यतिबेला नेपालका किसानहरु मुल्यवृद्धिको मारमा परेको उनीहरूको दाबी छ । किसान मारा...
अन्तर्राष्ट्रिय योग दिवस
काठमाडौं । अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा मंगलबार भद्रकालीमा आयोजना गरिएको कार्यक्रममा सहभागीहरु ।
मनै लोभ्याउने ढुम्वा ताल परिसर
मुस्ताङ । मुस्ताङको घरपझोङ गाउँपालिकाको ढुम्वा ताल परिसरमा निर्माण भएको रेलिङसहितको पैदलमार्ग । भू–तथा जलाधार संरक्षण कार्यालय पर्वतले ८५ मिटर पैदलमार्ग र पहिरो रोकथामका लागि ४० थान ग्याविन जाली भरेर पर्खाल बनाएको छ । तस्बिरः सन्तोष गौतम/रासस
हिलाम्य सडक …
पाँचथर । वर्षातको सुरुआतमै हिलाम्य बनेको राँके–रबि–भेडेटार सडक खण्ड । भारतीय निर्माण कम्पनीको लापरबाहीका कारण कालोपत्रे भइसक्नु पर्ने यो सडक अहिले हिलाम्य छ ।
अब धान रोप्नु पर्दैन, छरे पुग्न
कञ्चनपुर । बेलौरी नगरपालिकाको कलकत्ताका किसान प्रताप राना छरुवा (डिएसआर) प्रविधिबाट खेतमा मेसिनको सहायताले धान छर्दैै । तीन बिघा जग्गामा रानाले राधा चार, सिल्की २७७ जातका धान छरेका छन् । तस्बिरः राजेन्द्रप्रसाद पनेरु/रासस
सडक चौडा गर्न घर भत्काउँदै
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका– १०, झलारी बजारमा सडक फाराकिलो पार्न घर भत्काउँदै गरेका मजदुर । एसियाली विकास बैङ्कको सहुलियत ऋण सहयोगमा आधुनिक सडक निर्माणको कार्य भइरहेको छ ।