Shikhar Insurance

पूर्वरानी कोमलको प्लाज्मा थेरापीबाट उपचार हुँदै, के हो प्लाज्मा थेरापी?

सिंहदरबार संवाददाता
२०७८ बैशाख १७, शुक्रबार १२:०६
NIMB
Nabil Bank

काठमाडौं । पूर्वरानी कोमल शाहको प्लाज्मा थेरापीबाट उपचार शुरु गरिएको छ । कोरोना सङ्क्रमण भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत शाहको बिहीबार साँझदेखि उक्त विधिबाट उपचार थालिएको हो ।

नर्भिक अस्पतालका सूचना अधिकारी सोमनाथ बाँस्तोलाका अनुसार पूर्वरानीमा श्वासप्रश्वासको समस्या र अक्सिजनसमेत कमी भएपछि बुधबार साँझदेखि सघन उपचार कक्षमा सारिएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

अस्पतालमै उपचाररत पूर्वराजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उनलाई हाल अक्सिजनको सामान्य प्रयोग गरिएको छ । पूर्वअधिराजकुमारी प्रेरणाको अवस्था भने निकै सामान्य छ । उनलाई अक्सिजन दिनुपरेको छैन । उनीहरु तीनै जना गत शनिबारदेखि नर्भिक अस्पतालमा भर्ना भएका हुन् । त्यसको केही दिनअघि उ उनीहरुको स्वाब परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

के हो प्लाज्मा थेरापी?

कुनैपनि व्यक्ति जब कोरोना लगायतका संक्रामक रोगको सामना गरेर ठिक हुन्छन्, तिनीहरुको रगतमा एक प्रकारको एन्टिबडी उत्पादन भएको हुन्छ । यो एन्टिबडी संक्रमणको विरुद्धमा लड्न सक्ने हुनका साथै त्यस्ता व्यक्तिको शरीरले रोग प्रतिरोधी क्षमताको कारण विशेष प्रकारको प्रोटिनको समेत उत्पादन गर्दछ । जसमा संक्रामक भइरसलाई निस्तेज गर्न वा मार्न सक्ने क्षमता विकाश भएको हुन्छ ।

शरीरले एन्टिबडीको उत्पादन तथा प्रसारण रातो रक्तकोस (रेड ब्लडसेल) मार्फत गर्ने गर्दछ । एन्टिबडी रहेको रगतको उक्त भागलाई कनब्यालेसेन्ट प्लाज्मा भनिन्छ । रगतको एन्टिबडी रहेको उक्त भाग ९कनब्यालेसेन्ट प्लाज्मा ० लाई जम्मा गरेर बिरामीको उपचारमा प्रयोग गर्ने गरिन्छ ।

रोगको विरुद्धमा एन्टिबडी भएको कनब्यालेसेन्ट प्लाज्माको प्रयोग गरेर उपचार गरिने पद्धतिनै प्लाज्मा थेरापी हो ।

प्लाज्मा थेरापी कतिपय अवस्थामा अत्यन्त सफलसमेत रहेको छ । तिब्ररुपमा हानी पुर्याउने तथा शरीरको रोग प्रतिरोधात्मक क्षमताले वा शरीरले नै लड्नु पर्ने प्रकृतिका बिषाणु संक्रमणका विरुद्धमा यो पद्धति सफल मानिएको छ । सर्पदंशको उपचार यो पद्दतिको एक सफल उदाहरण हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्