Shikhar Insurance

इजरायल–इरान युद्धले विश्वमा नयाँ तरङ्ग, आर्थिक चक्रमा गम्भीर असर देखिदैं

सिंहदरबार संवाददाता
२०८१ बैशाख १२, बुधबार ०८:५८
NIMB
Nabil Bank

काठमाडौं । हमास लडाकुले इजरायलमा अक्टोवर ७ तारिखकाे दिन आक्रमण गरेपछि इजरायल निरन्तर युद्दमा छ । आफ्ना १२ सय निर्दोष नागरिक गुमाउनु परेपछि उसले सुरु गरेको जवाफी कारबाहिको रफ्तार घट्नुको सट्टा बढ्दै गैरहेको छ ।

हालसम्म हमास लक्षित कारबाहीमा ३४ हजार भन्दा बढीको ज्यान गैसकेको छ । यसै समयमा इजरायलमाथी इरानले पनि पहिलो पटक आफ्नै भुमिबाट आक्रमण गरेपछि युद्धले नयाँ रुप लिने देखिएको छ । यसमाथी इजरायली सेनालाई अमेरिकाले २६ विलियन अमेरिकी डलर (३४ खर्ब ६५ अर्ब ५ करोड रुपैयाँ) बराबरको युद्ध सहायता दिएको छ । यसले युद्ध थप चर्किन सक्ने देखिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

इजरायल-इरान युद्धले मध्यपूर्व सँगसगै सारा विश्वनै प्रभावित हुने देखिएको छ । जसको प्रत्यक्ष असर नेपाली बजारमा परेको छ । इन्धन, सुन, प्रविधिलगायतको क्षेत्रमा असर स्वरुप तिनको मूल्यमा उछाल आउने संकेत देखिइसकेको छ ।

जसवाट नेपाली बजारमा तिव्र मुल्यवृद्धि हुन्छ । अहिले सुनको मूल्य तिब्र गतिमा उकालो लागिरहेको छ भने इन्धनको मूल्य पनि बढ्न थालेको छ ।

इजरायल नेपालको मजवुत श्रम सम्बन्ध भएको देश हो ।  इजरायलमा अहिले विभिन्न काममा करिब ५ हजार नेपाली कार्यरत रहेका छन् । इजरायल राम्रो पारिश्रमिक दिने देश भएकाले यो देशमा नेपालीको आकर्षण बढि नै रहेको छ ।

इजरायल-इरान तनावमा तिनिहरु प्रत्यक्ष रुपमा प्रभावित हुनेछन् । त्यस्तै, नेपालीहरुको प्रमुख श्रम गन्तव्यको रुपमा रहेको मध्यपुर्व युद्धको चपेटामा पर्दा त्यसको प्रत्यक्ष असर करिब १५ लाख नेपाली श्रमिकमाथी पर्ने देखिन्छ । जसबाट नेपाली अर्थतन्त्र नराम्रोसँग प्रभावित हुन्छ । रेमिट्यान्सको रुपमा नेपाल भित्रिने विदेशी मुद्रामा ठुलो गिरावट आउने छ ।

 नेपालको प्रमुख दातृ राष्ट्र अमेरीकाले शनिबार (बैशाख ८ गते )  तल्लो सदनबाट ९५ विलियन डलर (१ सय २६ खर्ब ६० अर्ब ७६ करोड रुपैयाँ) बराबरको युद्ध सहायता पास गरेको छ । जसबाट दातृ निकायहरुको ध्यान युद्ध र युद्धरत पक्षमा केन्द्रीत हुँदा नेपालमा सहायता कम हुँदै जानेछ । इजरायललाई पश्चिमा खेमाले सहयोग गर्दा नेपालमा आउने पश्चिमा सहयोग समेत बञ्चित हुन्छ ।

सरकारले यहि वैशाख १६ र १७ गते लगानी सम्मेलनको आयोजना गर्दैछ । नेपालको लगानीयोग्य क्षेत्रमा वैदेशिक लगानी भित्र्याउने उद्देश्यले आयोजना गर्न लागिएको यो सम्मेलन समेत मध्यपुर्वको अस्थिरताको शिकार हुने विज्ञहरुको मत रहेको छ ।

वैश्वीक रुपमा आएको युद्धको संकटले लगानीकर्ताहरु नयाँ लगानीको जोखिम लिन मानसीक रुपमा तयार नहुन सक्छन्, जसको परिणाम स्वरुप नेपालमा वैदेशिक लगानी भित्रिने सम्भावना कम रहेको छ ।

भारत समेत यो युद्धवाट प्रभावित हुने देखिन्छ । ठूलो मात्रामा भारतीयहरु मध्यपुर्वमा विभिन्न पेशा व्यवसाय गरेर बस्ने गरेका छन् । इजरायल-इरान युद्धका कारण वैश्विक रुपमा कच्चा तेल तथा सुनको मूल्य वृद्धि भैरहेको छ जसबाट समेत भारतीय अर्थ व्यवस्था थप दवावमा आएको छ ।

भारतले इरानबाट सस्तो दरमा तेल किन्ने  गरेकाे छ । इजरायल-इरान सम्बन्ध चिसिएसँगै भारतले इरानसँगको व्यापार नीतिमा उपयुक्त समय निर्णय लिने बताइसकेको छ ।

भारतको सम्बन्ध इजरायल र इरान दुबैसँग प्रगाढ रहेको छ तर अब त्यो अवस्था नरहन सक्छ । इजरायलसँग सम्बन्ध सुधार गर्दा इरान रिसाउने तथा इरानसँग सम्बन्ध व्यवस्थापन गरे इजरायल लगायत पश्चिमा ब्लक चिडिने सम्भावना छ । जसको प्रत्यक्ष असर भारतीय अर्थ व्यवस्थाले भोग्नुपर्ने हुन्छ ।

भारतले इजरायलबाट हातहतियार लगायतका सुरक्षा उपकरण खरिद गर्ने गर्छ । यस्तै,  इरानबाट इन्धन आयात गर्ने गर्छ । जसबाट भारत कठिन परिस्थितीमा पर्न सक्छ । यसबाट भारतीय अर्थ व्यवस्थालाई प्रत्यक्ष रुपमा असर पर्ने देखिन्छ । जसको परिणाम स्वरुप सुस्तरुपमा रहेको नेपाली अर्थतन्त्रमा अझै गहिरो संकुचन आउने विज्ञहरुको मत रहेको छ ।

नेपाली अर्थतन्त्र सघन रुपमा भारतीय अर्थतन्त्रसँग निर्भर रहेको छ । नेपाली अर्थतन्त्रलाई भरतीय ‘स्याटेलाईट इकोनोमी’ समेत भन्ने गरिन्छ । त्यसैले भारतीय अर्थतन्त्रमा परेकाे प्रभाव नेपाली अर्थतन्त्रमा प्रत्यक्ष रुपमा प्रतिबिम्वित हुने गर्दछ ।

विश्वको द्रोस्रो ठूलो अर्थतन्त्र रहेको चीन समेत यो युद्धवाट प्रतक्ष प्रभावित हुनेछ । चीनले आफ्नो उर्जा मागको करिब ८० प्रतिशत आयात गर्ने गरेको छ । साथै इरान चीनको प्रमुख उर्जा निर्यातक देश समेत हो ।

युद्धका कारण चीनमा इरानी उर्जा बन्द हुँदा चीनले उर्जा संकटको सामना गर्नुपर्ने वा अन्य क्षेत्रबाट महँगो लागतमा आयात गर्नुपर्ने अवस्था आउँछ । जसको परिणाम स्वरुप चीनीयाँ अर्थतन्त्र प्रभावित हुन्छ ।

त्यस्तै, संसार भरको उत्पादनको केन्द्रको रुपमा रहेको चीमना उत्पादन लागत बढ्दा संसारभरनै उपभोग्य सामानको मूल्यमा उछाल आउँछ । जसको परिणाम स्वरुप वैश्विक रुपमा महंगी बढ्ने छ । अहिले चर्किदै गएको इजरायल-इरान युद्ध नेपाल मात्रै नभएर सारा संशारनै प्रभावित हुने देखिएको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्