Shikhar Insurance

नेको इन्स्योरेन्सले गर्‍यो ७८ कराेड दाबी भुक्तानी

सिंहदरबार संवाददाता
२०८१ बैशाख २३, आईतवार १९:०९
NIMB
Nabil Bank

काठमाडौं । नेको इन्सुरेन्सले ७८ करोड २२ लाख दाबी भुक्तानी गरेको जनाएको छ । कम्पनीको उक्त भुक्तानी गत आवको बाँकी तथा चालु आवमा परेको दाबी समेतको संयूक्त भुक्तानी हो ।

कम्पनीले जनाए अनुसार गत आवमा परेको दाबीको ८२ प्रतिशत दाबी भुक्तानी गरिसकेको र चालु आवमा पेको दाबी मध्य ५२ प्रतिशत भुक्तानी गरेको छ । यसमा गत आवको भुक्तानी रकम ४० करोड ७२ लख तथा चालु आवको ३७ करोड ५० लाख रुपैयाँ रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीका अनुसार भुक्तानी भएका दाबीहरूमध्ये कृषिसँग सम्बन्धित १ हजार ७ सय ९६ दाबीको कुल ८ करोड ४४ लाख भन्दा बढीको दाबी रकम रहेको छ ।छिटो छरितो दाबी भुक्तानीका लागि स्पोट पेमेन्ट (ठाउँको ठाउँ भुक्तानी) योजना मार्फत दाबी भुक्तानी गरेको कम्पनीले जनाएको छ ।

‘दाबी परेका र कागजात पूरा भएका दाबीहरूको यथाशीघ्र भुक्तानी दिने नीति कम्पनीले लिएकाले दाबी भुत्तानी समयमा नै तिर्नुपर्छ भन्ने कुरामा हामी सचेत छौं’ कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्