Shikhar Insurance

उपेन्द्र यादवको जसपा फुट्यो, अशोक राईले बनाए नयाँ पार्टी

सिंहदरबार संवाददाता
२०८१ बैशाख २३, आईतवार १९:१४
NIMB
Nabil Bank

काठमाडौं । सत्ताका सदावहार खेलाडी उपेन्द्र यादवको जनता समाजवादी पार्टी (जसपा) नेपाल पुनः विभाजित भएको छ । पार्टीको संघीय परिषद अध्यक्ष अशोक राईको नेतृत्वमा सात जना सांसदहरुले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेका छन् । उनीहरुले जनता समाजवादी पार्टी नामममा नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका हुन् । यादव नेतृत्वको जसपामा १२ सांसद छन् ।

नयाँ पार्टीमा सांसदहरु अशोक राई, नवलकिशोर साह सुडी, प्रदीप यादव, रञ्जु झा, वीरेन्द्र महतो, हसिना खान र सुशीला श्रेष्ठले हस्ताक्षर गरेका छन् । अशोक राईको अध्यक्षतामा बन्ने नयाँ पार्टीमा जसपाका केन्द्रीय कार्यकारिणी समितिका ९ जना र केन्द्रीय समितिका २७ जना नयाँ दलमा रहेको दावी गरिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्