Shikhar Insurance

सर्भिस माण्डु, रिटेल सेवा र इक्यानबीच सम्झौता, बजारमुल्य भन्दा सस्तोमा सेवा

सिंहदरबार संवाददाता
२०७८ आश्विन ३, आईतवार २०:३३
NIMB
Nabil Bank

काठमाडौं । सर्भिस माण्डु, रिटेल सेवा र नेपाल शैक्षिक परामर्श संघ (इक्यान) बीच सम्झौतामा हस्ताक्षर भएको छ । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा इक्यानका अध्यक्ष प्रकाश पाण्डे तथा सर्भिस माण्डु र रिटेल सेवाका अध्यक्ष सुरज केसीबिच सम्झौतामा हस्ताक्षर भएको हो।

सम्झौताअनुसार सर्भिस माण्डु र रिटेल सेवाले आफुले दिँदै आएका सेवा इक्यान, इक्यानसँग सम्बन्धित संस्था तथा व्यक्तिलाई बिशेष छुटमा उपलब्ध गराउनेछ। त्यस्तै सर्भिस माण्डु र रिटेल सेवाले इक्यान सदस्य तथा सँस्थाहरुलाई उधारो सुविधा तथा इन्स्ट्यान्ट सेवा दिनेछ।

Citizen Life
Kumar Bank
Nepal Life

सर्भिस माण्डु र रिटेल सेवाका अध्यक्ष केसीले सम्झौताअनुसार इक्यान, इक्यानसँग सम्बन्धित संस्था तथा व्यक्तिलाई छिटो र छरितो सेवा आकर्षक छुटमा प्रदान गरिने जानकारी दिए। उनले छिटो छरितो सेवा दिएर इक्यानको विश्वास जित्ने प्रतिवद्धता जनाए।

कार्यक्रममा इक्यानका अध्यक्ष पाण्डेले विभिन्न सेवाको सहजताका लागि सर्भिस माण्डु र रिटेल सेवासँग सम्झौता गरेको बताए । उनले सर्भिस माण्डु र रिटेल सेवाबाट गुणस्तरीय र छिटो छरितो सेवा पाउने अपेक्षा गरेको बताए।

सर्भिस माण्डु र रिटेल सेवाले अहिले काठमाडौं उपत्यका भित्र आफ्नो सेवा दिईरहेपनि निकट भविष्यमा नेपालभर यो सेवा दिने योजना बनाएको संस्थाका अध्यक्ष केसीले कार्यक्रममा जानकारी दिए। इक्यानमा आबद्ध संस्था र सदस्यलाई छुट र बिशेष सहुलियत भएपनि अन्य ग्राहकहरुले पनि बजार मुल्य भन्दा सस्तो र छिटो आफ्नो सेवा पाउने अध्यक्ष केसीले बताए।

कोभिड १९ को समयमा आफुहरुले संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गरेको र आगामी दिनमा पनि यो कार्यलाई थप गर्दै अगाडी बढ्ने समेत उनले बताए।

सर्भिस माण्डु र रिटेल सेवा कोभिड १९ का कारण लकडाउन भएको समयमा संचालनमा आएका संस्था हुन्। कोभिड १९ को कठिन परिस्थितिमा पनि सर्भिस माण्डु र रिटेल सेवाले कोभिड १९ सँग सम्बन्धित मास्क, सेनिटाइजर, थर्मल गनलगायतका सामाग्रीहरु उपलब्ध गराएको थियो भने ग्राहकहरुलाई घरघरमा आवश्यक सामग्री पुर्याएको थियो।

अहिले सर्भिस माण्डु र रिटेल सेवाले ग्राहकलाई आवश्यक परेका वस्तु अनलाइन सेवामार्फत ग्राहकको घरघरमा उपलब्ध गराउँदै आएको छ । यी दुई कम्पनीले कपडा, इलेक्ट्रोनिक्स, स्वास्थ्य, सौन्दर्यलगायतका सामाग्री उपलब्ध गराउँदै आएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्