Shikhar Insurance

ग्रीन लाइफको आईपीओमा झण्डै ११ लाख आवेदन, तपाईले भर्नु भयो ?

सिंहदरबार संवाददाता
२०७७ माघ २६, सोमबार २०:२१
NIMB
Nabil Bank

काठमाडौं । ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडको आईपीओमा १० लाख ९१ हजार २ सय५१ वटा आवेदन परेको छ । सिडीएससीका अनुसार सोमबार कार्यालय समय सकिँदासम्म ग्रीन लाईफको आईपीओमा एक करोड ९८ लाख ७१ हजार कित्ताका लागि एक अर्ब ९८ करोड ६१ लख ७१ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । माघ २३ गतेदेखि आईपीओ निष्काशन गरेको कम्पनीमा माघ २७ गतेसम्म आवेदन दिन सकिन्छ ।

कम्पनीले माघ २३ गतेदेखि सर्बसाधारणको लागि आईपीओ विक्री खुला गरेको हो । आईपीओ विक्री खुलाको छिटो अवधिभित्रै विक्री बन्द हुन लागेको हो । विक्री खुला भएको तेस्रो दिन आइतवार सम्म कम्पनीको आईपीओमा १ करोड ४८ लाख ८५ हजार ३१० कित्ताको खरिद माग भएको छ । जुन मागभन्दा ४ दशमलव ५८ गुणा बढी हो । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले दिएको जानकारी अनुसार उक्त आवेदन ८ लाख १६ हजार १५५ जना आवेदकहरुबाट पर्न आएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यको ३४ लाख ९६ हजार ४०० कित्ता शेयर विक्री खुला गरेको हो । यस अघि आयोजना प्रभावित स्थानियलाई आईपीओ विक्री खुला गर्दा वितरण हुन नसकेको १६ लाख ८६ हजार ४०० कित्ता शेयर समेत जोडेर कम्पनीले सर्वसाधारणमा शेयर जारी गरेको हो । कुल कित्तामध्य १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानीकोषको लागि र ६९ हजार ९२८ कित्ता शेयर कम्पनीका कर्मचारीमा बाँडफाँट गरी बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ता शेयर सर्वसाधारणमा सार्वजनिक निष्कासनमा आएको हो । यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ ।

कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी बी प्लस (आइएस) रेटिङग प्रदान गरेको छ । उक्त रेटिङ्गले निष्कासनकर्ता कम्पनी वित्तीय दायितव पुरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ । यो आईपीओ विक्री प्रबन्धकमा बिओके क्यापिटल रहेको छ । विक्री प्रबन्धसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ । साथै मेरो शेयर सफ्टवेयर र मेरो शेयर मोवाइल एपबाट पनि आवेदन दिन सकिनेछ ।

यो आईपीओ विक्री गर्न कम्पनीले माघ २ गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो । हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ४४ करोड रहेको छ । सर्वसाधारणलाई पनि शेयर विक्री गरेपछि कम्पनीको चुक्तापूँजी १ अर्ब ८० करोड पुग्नेछ । कम्पनीको अधिकृत पूँजी २ अर्ब ५० करोड रहेको छ । यस कम्पनीले खानीखोला १ जलविद्युत आयोजना सञ्चालक गरिरहेको छ । नयाँ आयोजना निर्माणको क्रममा कम्पनीले दोलखाजिल्लामा ४० मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । उक्त आयोजनाबाट २०७८ वैशाख देखि विद्युतको व्यापारिक उत्पादन प्रारम्भ गर्ने योजना कम्पनीको रहेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्