Shikhar Insurance

आइएमई जनरल इन्स्योरेन्सले ६.८४ प्रतिशत लाभांश प्रस्ताव, बोनस कति ?

सिंहदरबार संवाददाता
२०७९ मंसिर ६, मंगलवार ११:३६
NIMB
Nabil Bank

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो ।

कम्पनीकाे सञ्चालक समितिको मंसिर ५ गते बसेको बैठकले ६.८४ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीले आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब ७० करोड १६ लाख रुपैयाँको ६.५० प्रतिशतले हुन आउने ११ करोड ६ लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनको लागि ०.३४ प्रतिशतले हुने आउने ५८ लाख २१ हजार रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीकाे उक्त प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृती पश्चात आगामी साधारण साभाले पारित गरेपछि सेयरधनीहरुले पाउनेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्