Shikhar Insurance

नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर

सिंहदरबार संवाददाता
२०८० मंसिर १०, आईतवार १०:१५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले १० प्रतिशत बोनस सेयर पाउने भएका छन् । मंसिर ९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर दिने निर्णय गरेको हो । कम्पनीले कर प्रयोजनका लागि अलग्गै ०.५२६३ प्रतिशत नगद लाभांश दिनेछ ।

नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा कम्पनीको आगामी साधारण सभाबाट पास गरेपछि कम्पनीका लगानीकर्ताले सो मात्रामा बोनस सेयर पाउनेछन् । नेपाल बीमा प्राधिकरणले तोकेको चुक्ता पुँजी पुर्याउन नसकेर कारवाही भोग्ने चरणमा पुगेको कम्पनीले १० प्रतिशत बोनस सेयर दिन लागेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीको चुक्ता पुँजी हाल एक अर्ब ४९ करोेड ४७ लाख ६५ हजार ३ सय ९९ रुपैयाँ रहेको छ । सो पुँजीको १० प्रतिशतका दरले हुन आउने १४ करोड ९४ लाख ७६ हजार ५ सय ३९ रुपैयाँ बराबरको बोसन सेयर जारी हुनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्