Shikhar Insurance

नेको इन्स्योरेन्सले भुकम्प पिडितहरुलाई गर्यो दाबी भुुक्तानी

सिंहदरबार संवाददाता
२०८० मंसिर १७, आईतवार १७:२१
NIMB
Nabil Bank

काठमाडौँ । नेको इन्सुरेन्सले हालै देश विनासकारी भूकम्प पिडितहरुलाई सम्पुर्ण दावीहरुको भुक्तानी गरेको छ । कम्पनीका प्रतिनिधिहरुले घटनास्थलमा नै गएर दैलेख र जाजरकोटका सम्बन्धित पिडितहरुलाई दावी भुक्तानी गरेका हुन्।

गत शनिवार जाजरकोटमा जिल्ला समन्वय समिति, जाजरकोटका प्रमुख श्री कालि बहादुर खत्रीको प्रमुख आतिथ्य तथा भेरी नगरपालिकाका उपप्रमुख मिना जैसीको आतिथ्य एवं जाजरकोट उद्योग वाणिज्य संघका अध्यक्ष रमेश के.सी. को उपस्थितिमा आयोजित एक कार्यक्रममा जाजरकोटका कम्पनीका बीमित भूकम्प पिडितहरुलाई दावी रकम हस्तान्तरण गरियो थियो । कार्यक्रममा बेल्दै नेको इन्सुरेन्सले समय मै दावी भुक्तानी गरेकोमा कम्पनीको प्रशंसा गर्दै धन्यवाद ब्यक्त गरे । कार्यक्रममा बैंक, वित्तीय संस्थाका प्रतिनिधिहरु एवं समाजका विभिन्न क्षेत्रका ब्यक्तिहरुको उपस्थिति थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

कार्यक्रम नेको इन्सुरेन्सका कर्णाली प्रदेश प्रमुख रमेश राज शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्