Shikhar Insurance

हिमालयन रिइन्स्योरेन्सको आइपिओले रच्यो इतिहास, अहिलेसम्मकै सर्वाधिक आवेदन

सिंहदरबार संवाददाता
२०८० मंसिर १९, मंगलवार २०:१४
NIMB
Nabil Bank

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको प्रीमियम आइपीओले इतिहास रचेको छ । हिमालयन रिइन्स्योरेन्सको आइपिओले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि आवेदन खुलाएकोमा सर्वाधिक आवेदनको रेकर्ड हासिल गरेको हो ।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि मंसीर ४ गते देखि आइपीओको बिक्री खुला गरेको थियो, जसमा ३४ हजार २११ जनाले आवेदन दिएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

वैदेशिक रोजगगारीमा रहेका नेपालीहरुका लागि खुलाईएको आइपीओमा यो नै सर्वाधिक आवेदनको रेकर्ड हो ।

यसअघि कुनै पनि कम्पनीको आइपीओमा वैदेशिक रोजगारीमा गएकाहरुमध्ये ३० हजार ३४८ जनासम्मको मात्रै आवेदन परेको थियो, जसमा १६ लाख ९० हजार कित्ता सेयर माग गरिएको थियो ।

तर हिमालयन रिइन्स्योरेन्सको ४५ लाख ८४ हजार ८१० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीबाट माग भएको छ । उनीहरुका लागि आवेदन भर्ने म्याद मंसिर १८ सम्ममा आवेदन दिएका हुन् ।

हिमालयन रिले अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर २०६ रुपैयाँका दरले आइपिओ निष्कासन गर्ने अनुमती पाएको थियो ।

कम्पनीको जारी पुँजी १० अर्ब रुपैयाँ छ । कम्पनीले चुक्ता पुजिको ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याइएको हो । यही ३० प्रतिशतबाट वैदेशिक रोजगारीमा गएकाहरुले ३० लाख कित्ता सेयर पाउने छन् । कम्पनीले आवेदनबाट आफू निकै उत्साही भएको बताएको छ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्