Shikhar Insurance

कोरोना बीमाले बीमाप्रतिको विश्वसनीयता घटायो

सिंहदरबार संवाददाता
२०८० मंसिर २०, बुधबार ०९:२८
NIMB
Nabil Bank

दाङ । लुम्बिनी पदे्रशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बीमा सेवाको विश्वसनीयता बढाउनुपर्ने अवस्था आएको बताएका छन् । विश्वसनीयता बढे मात्रै पनि यसको महत्व र आवश्यकता बढ्ने भन्दै मुख्यमन्त्री चौधरीले बीमामा गुमिरहेको विश्वास फर्काउनुपर्ने बताएका हुन् । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेशको आयोजनामा भएको प्रदेश सरकार र बीमा प्राधिकरणबीचको अन्तरक्रिया तथा छलफल कार्यक्रममा मुख्यमन्त्री चौधरीले यस्तो बताएका हुन् ।

उनले कोरोनापछि बीमा कम्पनीको विश्वास गुम्दै गएको भन्दै अब विश्वसनीयता बढाउन सके प्रदेश सरकारले आवश्यकताअनुसार बीमाको नीति, नियम बनाउने बताए । विश्वमा बीमा राम्रो छ, उनले भने, “बीमा सुविधा प्राथमिकतामा पनि पर्छ, तर नेपालमा विश्वसनीयता कम छ यो बढाउनु जरुरी छ । बीमा नीति आवश्यक छ”, उहाँले भन्नुभयो, “बीमाले त्यो विश्वास दिलाउन सक्नुपर्छ । बीमा कम्पनीको गलत कार्यको नियमन प्राधिकरणले गर्नुपर्छ” ।

Citizen Life
Kumar Bank
Nepal Life

कार्यक्रममा सहभागीले बीमा भुक्तानीमा समस्या र झन्झट हुने गरेकाले भुक्तानीमा सहजता ल्याउन आग्रह गरेका छन् । उनीहरुले कोरोना बीमाको रकम अहिलेसम्ममा पनि भुक्तानी नभएको गुनासोसमेत गरेका थिए । त्यसै गरेर कृषिमा बाली बीमा गर्नुपर्ने, पूर्वाधारको बीमा गर्दा सहज हुनुपर्ने र जीवन बीमा भुक्तानीमा छिटोछरितो गरिनुपर्ने सुझाव दिएका छन् ।

प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की, स्वास्थ्यमन्त्री राजु खनाल, भौतिक पूर्वाधार विकासमन्त्री धर्मबहादुर चौधरी, योजना आयोगका उपाध्यक्ष डा नहकुल केसी, प्रमुख सचिव राधिका अर्याललगायतले कार्यक्रममा धारणा राख्नुभएको थियो । बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल लगायतले उठेका विषयवस्तुमा प्रष्ट पारेका छन् । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्