Shikhar Insurance

कपिल ढकाल बने ज्योति विकास बैंकको सीईओ

सिंहदरबार संवाददाता
२०८० मंसिर २१, बिहीबार १०:१९
NIMB
Nabil Bank

काठमाडौं । ज्योति विकास बैंकको सीईओमा कपिल ढकाल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको मंसिर २० गते बसेको बैठकले आगामी चार बर्षे कार्यकालका लागि ढकाललाई सीईओ नियुक्त गरेको हो ।

तत्कालिन सीईओ श्रीचन्द्र भट्टले राजीनामा गरेपछि बैंकले ढकाललाई मंसिर ३ गतेदेखि लागु हुने गरि कामु सीईओ नियुक्त गरेको थियो । उनै कामु सीईओ ढकाललार्इ बैंकले चार बर्षका लागि बैंकको व्यवस्थापकिय जिम्मेवारी सुम्पिएको हो । चाटर्ड एकाउन्टेन्ट ढकालले बैंकमै बरिष्ठ डेपुटी सीईओको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

ढकालले यसअघि एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालिसकेका छन् । त्यसबाहेक ढकालले एनआईसी एशिया क्यापिटल र एनआईसी एशिया लघुवित्तको समेत अध्यक्षका रुपमा समेत काम गरिसकेका छन् । उनले हाम्रो विकास बैंकको सीईओको जिम्मेवारी समेत सम्हालिसकेका छन् । ढकालसँग ढोलाइटी इण्डिया९बिग४० र आईसीआईसी बैंक इण्डियामा काम गरेको अनुभव पनि छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्