Shikhar Insurance

सेयर बजार उच्च अंकको बृद्धि, कारोबार रकम भने घट्यो

सिंहदरबार संवाददाता
२०८० पुष ३, मंगलवार १५:३७
NIMB
Nabil Bank

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयर बनार उच्च अंकले बढेर बन्द भएको छ । सोमबार नेप्से परिसूचक ४५.९८ अंक बढेर २,१०६.४८ को विन्दुमा बन्द भएको हो ।

त्यसैगरी, ठूला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ७.०५ अंक बढेर ३९७.६९ को विन्दुमा पुगेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सोमबार सेयर बजार बढेपनि कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबारको दिन ६ अर्ब ८६ करोड ८१ लाख ७७ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१३ कम्पनीको ९९ हजार ६४१ पटकमा ५ अर्ब ९८ करोड ४६ लाख ९९ हजार रुपैयाँ बराबरको १ करोड ६४ लाख ५७ हजार १३८ कित्ता सेयर खरिदबिक्री भएको छ । कारोबारमा आएको १८३ कम्पनीको सेयर मूल्य बढेको छ । ५३ कम्पनीको घटेको छ भने, ७ कम्पनकिो सेयर मूल्य स्थिर छ ।

नेप्सेका अनुुसार आज करिब एक दर्जन कम्पनीको सेयर पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ , यसदिन बोटलस् नेपाल बालाजु, मेरो माइक्रोफाइनान्स, उन्नत सहकार्य लघुवित्त, शिवम् सिमेन्ट, नेपाल रिपब्लीक मिडिया, घोराइ सिमेन्ट, हाथवे इन्भेष्टमेन्ट, मिड सोलु हाइड्रोपावर, सोनापुर मिनिरल्स र विपीडब्लु लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढेको हो । त्यस्तै, अन्य ६ कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । कारोबारमा आएको सिदार्थ इन्भेष्टमेण्टको मूल्य सबैभन्दा बढी ७.२६ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । कम्पनीको ३७ करोड ४३ लाख ४८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

त्यस्तै, सोल्टी होटलको २८ करोड ७३ लाख, सोनापुर मिनिरल्सको १६ करोड ७१ लाख, हाथवे इन्भेष्टमेन्टको १४ करोड २९ लाख र घोराइ सिमेन्टको १३ करोड ३० लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भई शीर्ष पाँच भित्र रहेको छ ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक ६.९४ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन उत्पादन तथा प्रशोधन उपसमूहको परिसूच्क ४.७४ प्रतिशत बढेको छ भने जीवन बीमा उपसमिूहको परिसूचक ३.१२ प्रतिशत बढेको छ। कारोबारमा आएका बैंकिङ्ग, लगानी र निर्जीवन बीमा उपसमूहको परिसूचक यस दिन २ प्रतिशतभन्दा बढी बढेको छ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्