Shikhar Insurance

नेप्सेसँगै बढ्यो कारोबार रकम, एक दर्जन कम्पनीको सेयरमा सकारात्मक सर्किट

सिंहदरबार संवाददाता
२०८० पुष ४, बुधबार १५:३७
NIMB
Nabil Bank

काठमाडौं । साताको चौथो कारोबारको दिन सेयर बजार उच्च अंकले बढेको छ । बुधबार नेप्से परिसूचक ३५.३९ अंकले बढेर २,१४१.८७ को विन्दुमा पुगेको हो ।

त्यसैगरी, ठूला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ४.९३ अंकले बढेर ४०२.६३ को विन्दुमा बन्द भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

बुधबार नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो कारोबारको दिन ५ अर्ब ९८ करोड ४६ लाख ९९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा यसदिन ३०६ कम्पनीको १ लाख ११ हजार ७२३ पटकको कारोबारमा ७ अर्ब ९५ लाख ७५ हजार रुपैयाँ बराबरको १ करोड ९९ लाख ६३ हजार ६०४ कित्ता सेयर खरिदबिक्री भए । कारोबारमा आएको १६१ कम्पनीको सेयर मूल्य बढेको छ । ७८ कम्पनीको घटेको छ भने, ५ कम्पनीको सेयर मूल्य स्थिर छ ।

नेप्सेका अनुसार आज एक दर्जन कम्पनीको सेयर पोजेटिभ सर्किट लेभलमा कारोबार भएको छ । यसदिन बोटलस् नेपाल बालाजु, हिमालयन डिस्टिलरी, फरवार्ड माइक्रोफाइनान्स, एनआरएन इन्फाइन्टक्र्चस एण्ड डेभलपमेण्ट, लिर्वटी इनर्जि कम्पनी, यूनाइटेड आइडीआई मार्दी आबी आइड्रोपावर, बलेफी हाइड्रोपावर, विपीडब्लु लघुवित्त, नेपाल रिपब्लीक मिडिया, थ्रिस्टार हाइड्रोपावर र हाथवे इन्भेष्टमेन्टको सेयर मूल्य १० प्रतिशतले बढेको हो। त्यस्तै, अन्य ४ कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ । कारोबारमा आएको कुमारी धनबृद्धि योजनाको मूल्य सबैभन्दा बढी ३.८२ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । कम्पनीको ३७ करोड ३४ लाख ९७ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

त्यस्तै, सोल्टी होटलको २४ करोड ५३ लाख, सोनापुर मिनिरल्सको २० करोड १५ लाख, हिमाल दोलखा हाइड्रोपावरको १८ करोड १३ लाख र निफ्रको १७ करोड ५४ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भई शीर्ष पाँच भित्र रहेको छ ।

यस दिन ११ वटा उपसमूहको परिसूचक बढेको छ। जसमध्ये उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक ७.१५ प्रतिशत बढेको हो । यसदिन होटल एण्ड पर्यटन उपसमूहको परिसूचक १.८९ प्रतिशत र निर्जीवन बीमा उपसमूहको परिसूचक ०.०८ प्रतिशतले घटेको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्