Shikhar Insurance

यस वर्ष नेपाल बैंकका लगानीकर्ताहरुको हात खाली

सिंहदरबार संवाददाता
२०८० पुष ५, बिहीबार ११:२३
NIMB
Nabil Bank

काठमाडौं । यस वर्ष नेपाल बैंकका लगानीकर्ताहरुको हात खाली हुने भएको छ । बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने घोषणा गरेको हो।

बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले सो निर्णय गरेको हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा भने २ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

सञ्चालक समिति बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्