Shikhar Insurance

लाभांश प्रस्तावसहित बुटवल पावरले बोलायो साधारण सभा, १ करोड कित्ता एफपीओ जारी गर्ने

सिंहदरबार संवाददाता
२०८० पुष ५, बिहीबार १३:४०
NIMB
Nabil Bank

काठमाडौं । बुटवल पावर कम्पनीले लाभांश र एफपीओ जारी गर्ने मुख्य प्रस्तावसहित वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले पुस २९ गते कार्की ब्याङक्वेट बबरमहल, काठमाडौंमा बिहान ११ः०० बजे साधारण सभा बोलाएको हो।

कम्पनीले करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ । यस्तै, प्रिमियम मूल्यमा १ करोड कित्ता थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने प्रस्ताव पनि सभामा लैजाने भएको छ।

Citizen Life
Kumar Bank
Nepal Life

एफपीओ निष्कासनका लागि हालको जारी पुँजी ३ अर्ब ४० करोड ९० लाख ६४ हजार ६०० रुपैयाँलाई वृद्धि गरी ४ अर्ब ४० करोड ९० लाख ६४ हजार ६०० रुपैयाँ पुर्याउने प्रस्ताव रहेको छ। सभा प्रयोजनको लागि कम्पनीले पुस १९ गते बुक क्लोज गर्नेछ । सोहिअनुसार, पुस १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन।

GBIME

प्रतिक्रिया दिनुहोस्