Shikhar Insurance

जथाभावी फोहर फाल्नेलाई १५ हजारसम्म जरिवाना

सिंहदरबार संवाददाता
२०८० पुष ५, बिहीबार १६:५३
NIMB
Nabil Bank

जानकी । बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सडकमा जथाभावी फोहर फाल्नेलाई स्थानीय फोहरमैला व्यवस्थापन ऐन २०७५ बमोजिम ५ हजारदेखि १५ हजारसम्म जरिवाना गरिने बताएका छन्।

“नगरवासीलाई सचेत बनाउन हिँडेका छौँ, पटक पटक यो कुरा भन्दै आएका छौँ, अब यो अन्तिम पटक हो, भोलिदेखि जथाभावी फोहर फालेमा कारबाही गर्छौं ।” नगरप्रमुख विष्टले भने, “जथाभावी फोहर फालेको पाइएमा हाम्रो ऐनअनुसार पाँच हजारदेखि १५ हजारसम्म जरिवाना हुन्छ ।” नगरप्रमुख विष्टले फोहर व्यवस्थापनमा कसैले सहयोग नगरेको पाइएमा पसल व्यवसायसमेत बन्द गरिदिने चेतावनी दिए।

Citizen Life
Kumar Bank
Nepal Life

नगरवासी आफैँं सचेत र जागरुक हुनुपर्नेमा पटकपटक भनिरहँदा पनि जथाभावी फोहर फाल्ने क्रम नरोकिएपछि सचेतनासँगै कारबाहीको नीति अख्तियार गर्नुपरेको नगरप्रमुख विष्टको भनाइ छ । पटक पटकको प्रयासपछि केही सुधार भए पनि अपेक्षित परिणाम नदेखिएका कारण उपमहानगरपालिकाले ‘सचेतना प्रवद्र्धन र जरिवाना अभियान’ थालेको हो ।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले नगरलाई सफा राख्ने दायित्व हरेक नागरिकको भएको बताउँदै उपमहानगरपालिकाको फोहरमैला व्यवस्थापन अभियानमा सबै इमान्दार बन्नुपर्ने बताए। यो अभियानमा स्थानीय प्रशासनको दरिलो साथ रहेको पोखरेलको भनाइ छ । “अब हामी अन्तिम पटक सचेत बनाउँछौँ, पम्प्लेट वितरण गरेका छौँ, माइकिङ गरिरहेका छौँ, अब पनि अटेर गरे कारबाहीको दायरामा ल्याउँछौँ ।”

पहिलो चरणमा नमूनाका रुपमा चारबाहिनीबाट कल्पत्रुलाई रोजिए पनि नगरभरि नै अभियान सञ्चालन गरिने वातावरण शाखा प्रमुख वातावरण इन्जिनियर प्रकाश डिसीले बताए। “सचेतना धेरै भइसक्यो, अब काममा जानुपर्दछ, फोहर गर्ने अधिकार कसैलाई छैन, नगरवासी गैरजिम्मेवार बन्न मिल्दैन ।” डिसीले भने।

घरदैलो अभियानमा जिल्ला प्रशासन, वडाध्यक्ष, होटल व्यवसायी, सरसफाइ अभियानकर्मी, नगर प्रहरीसहित वडा नम्बर ८ का वडाध्यक्ष रजनीश बाजपेयी (विवेक), वडा नम्बर ९ का वडाध्यक्ष गोविन्द रेग्मी, वडा नम्बर १० का वडाध्यक्ष श्रवणकुमार श्रेष्ठ, नगर प्रहरी प्रमुख सूर्यबहादुर बोगटीलगायत सहभागी भएका थिए।

GBIME

प्रतिक्रिया दिनुहोस्