Shikhar Insurance

मुक्तिनाथ विकास बैंकद्वारा लगानीकर्तालाई १०.२६ प्रतिशत लाभांश घोषणा

सिंहदरबार संवाददाता
२०८० पुष ६, शुक्रबार ११:२१
NIMB
Nabil Bank

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सेयरधनीहरुलाई वितरण गर्न लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न कुल १०.२६३२ प्रतिशत लाभांश घोषणा गरेको हो।

बैंकले हाल कायम चुक्ता पूँजी ६ अर्ब ४२ करोड ९ लाख रुपैयाँको १०.२६३२ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये ९.७५ प्रतिशत बोनस सेयर रहेको छ भने ०.५१३२ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ।

GBIME

प्रतिक्रिया दिनुहोस्