Shikhar Insurance

मिथिला लघुवित्तले बोलायो साधारण सभा, लाभांश वितरण नगर्ने

सिंहदरबार संवाददाता
२०८० पुष ६, शुक्रबार ११:३३
NIMB
Nabil Bank

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २८ गते वार्षिक साधारण सभा बोलाएको छ। सभा न्यू बौवा होटल एन्ड गेष्ट हाउसमाको सभा हल, मिथिला नगरपालिका–१०, लालगढ, धनुषामा बिहान ११ बजे सुरु हुनेछ।

लघुवित्तले यस वर्ष लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन। सभाले सर्वसाधरण सेयरधनीको तर्फबाट १ जना र संस्थापक समूहबाट ३ जना सञ्चालक नियुक्ति गर्नेछ। आर्थिक वर्ष २०७९–८० को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।

Citizen Life
Kumar Bank
Nepal Life

आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ। त्यस्तै, अन्य उपयुक्त लघुवित्त संस्थाहरुसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न तथा प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि छ।

GBIME

प्रतिक्रिया दिनुहोस्