Shikhar Insurance

नेपाल बैंकर्स संघको कार्यसमितिमा थपिए पाँच सदस्य

सिंहदरबार संवाददाता
२०८० पुष ७, शनिबार ११:१३
NIMB
Nabil Bank

काठमाडौं । नेपाल बैंकर्स संघको कार्यसमितिमा पाँच जना सिईओ थपिएका छन् । वाणिज्य बैंकका सिइओहरुको छाता स‌स्था नेपाल बैंकर्स संघको ३७ औं साधारणले रिक्त पाँच सदस्यमा नयाँ चयन गरेको हो ।

बैंकर्स संघको कार्यसमितिमा प्रभु बैंकका सिईओ अशोक शेरचन, सानिमा बैंकका सिईओ निश्चल राज पाण्डे, राष्ट्रिय बाणिज्य बैंकका सिईओ किरण श्रेष्ठ, सिद्धार्थ बैंकका सिईओ सुन्दर कडेल र प्राउम बैंकका सिईओ सन्जिब मानन्धर चयन भएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

संघको कार्यसमितिको अध्यक्षमा एनएमबी बैंकका सिईओ सुनिल केसी छन् भने उपाध्यक्षमा माछापुच्छ्रे बैंकका सिइओ सन्तोष कोइराला छन् । संघको कार्यकाल दुई बर्षको हुन्छ, अर्को बर्ष कोइराला अध्यक्ष बन्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्