Shikhar Insurance

बैंकका कर्मचारी जागिर छोडेर बिदेशीन थाले, जग्गाको हदबन्दीले पनि दु:ख दियो- अध्यक्ष केसी

सिंहदरबार संवाददाता
२०८० पुष ७, शनिबार १२:१५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले जग्गाको हदबन्दीका कारण बैंकहरुलाई एनबिए(नन बैकिङ एसेट्स) ब्यवस्थापनमा समस्या आएको बताएका छन् ।

चितवनको पटिहानिमा आयोजित संघको ३७ औं साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष केसीले पछिल्लो समय मालपोत कार्यालयहरुले बैंकहरुलाई पनि जमीनको हदबन्दी लाग्ने भन्दै पत्र काट्न थालेको र त्यसले बैकिङमा थप समस्या उत्पन्न गरेको बताएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले सन्सार भर नै ब्याजदर वृद्धि हुने क्रमलाई ताेडे, ब्याजदर घट्न थालेको, बिदेशी मुद्राको संचिति बढेको र अहिले अर्थतन्त्र सुधारको बाटोमा अघि बढिरहेको पनि बताए ।

बैंकहरुबाट कर्मचारीहरु पनि जागिर छोडेर बिदेशिने क्रम बढेकोमा उनले चिन्ता समेत व्यक्त गरे । “अहिले बैंकबाट जागिर छोडेर बिदेश जानेहरुको संख्या वृद्धि भैरहेको छ । यो हाम्रा लागि र सिङ्गो देशकै लागि चिन्ताको विषय हो ।”, अध्यक्ष केसीले भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्