Shikhar Insurance

 बजेट अभावमा सडक निर्माण अलपत्र

सिंहदरबार संवाददाता
२०८० पुष ८, आईतवार १४:४७
NIMB
Nabil Bank

जाजरकोट । अर्थ मन्त्रालयले सहमति नदिँदा बोलपत्र भइसकेका सडक आयोजना अझै अगाडि बढ्न सकेका छैनन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सहमति लिएर बोलपत्र आह्वान गरिसकेका आयोजनाका लागि अर्थ मन्त्रालयले स्रोत सुनिश्चित नगरिदिँदा काम अगाडि बढ्न नसकेको हो ।

जाजरकोटको भेरी नगरपालिका–४ बोहरादेखि काफलचौर गाउँहुँदै बहुप्राविधिक शिक्षालय जोड्ने सडक र पश्चिम जाजरकोटको छेडा–चाँदे हुँदै जुम्ला जोड्ने सडकखण्डका लागि चौरजहारीस्थित सडक डिभिजन कार्यालले बोलपत्र आह्वान गरे पनि बजेटको अभावमा काम रोकिएको छ । अर्थ मन्त्रालयले बजेट पठाउने आशाका साथ बोलपत्र गरिए पनि अहिले बजेट नपठाउँदा समस्या भएको उक्त कार्यालयले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कालोपत्रका लागि मागिएको बजेट स्वीकृत नहुँदा दुई वटा सडक अलपत्र परेका हुन् । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय मातहातको सडक डिभिजनले बोलपत्र गरेर पनि लामो समयसम्म बजेट स्वीकृत नगर्दा आफूहरु समस्यमा परेको उक्त कार्यालयले जनाएको छ ।

सडक निर्माण नहुँदा बहुप्राविधिक शिक्षालय तथा काफलचौर जाने विद्यार्थी तथा स्थानीय बासिन्दा हैरान भएका छन् । मध्यपहाडी लोकमार्गको नजिक तथा भेरी करिडोरका बीचमा रहे पनि यस अप्ठ्यारो सडकमा हिउँद याममा बाक्लै आवतजावत हुने गरेको छ । वर्षायाममा सबै सडक भत्किँने भएकाले हैरान हुने गरेको काफलचौरका हुमबहादुर शाहीले बताए। पश्चिम जाजरकोटको महत्वपूर्ण सडक कालोपत्र गर्न अर्थ मन्त्रालयले बजेट नदिँदा काम रोकिएको छ । लामो समयदेखि धुलाम्ये सडकमा यात्रा गर्दा आफूहरु हैरान भएको छेडागाड नगरपालिकाका उपप्रमुख चन्द्रबहादुर थापाले गुनासो गरे। उनले भने, “हामीले पटकपटक बजेट माग गरेका छौँ तर सुनुवाइ भएको छैन । पश्चिम जाजरकोटलाई राज्यले नहेरेको अवस्था छ ।”

छेडा–चाँदे हुँदै जुम्ला सडकखण्डभित्र रहेको यो सडकमा शिवालय गाउँपालिका–१ देखि नै कालोपत्र नहुँदा कच्ची बाटोमा यात्रा गर्नुपर्छ । हिउँद याममा ठिकै भए पनि वर्षायाममा यो सडकमा हिँड्न मुस्किल हुने गरेको उनको भनाइ छ । पूरै कच्ची यो सडकमा मुस्किलले एकतर्फी यातायाताका साधन सञ्चालन भइरहेका छन् । दोहोरो यातायातका साधन बाटो क्रस गर्न फराकिलो भएको ठाउँ खोज्दै समय बित्ने गरेको छ । यो काम सङ्घीय सरकारको मातहतमा रहेर सडक डिभिजनले काम गर्दै आएको छ।

ठाउँठाउँमा पुल निर्माण गर्नुुपर्ने भए पनि हालसम्म मुस्किलले मोर्कमा एउटा मात्र पुल निर्माण भएको छ अन्य कुनै पनि ठाउँमा पुल निर्माण नभएको उनले जानकारी दिए। पश्चिम जाजरकोटका शिवालय, छेडागाड, जुनिचाँदे र कुशे गाउँपालिकाको आधा भाग हुँदै जुम्ला जोड्ने महत्वपूर्ण सडक भए पनि राज्यको नजरमा नपरेको महताराको गुनासो थियो। पश्चिम जाजरकोटका जनप्रतिनिधिदेखि सर्वसाधाणले धेरैपटक सडकमा कालोपत्र गराउन माग गर्दै आए पनि त्यसको सुनुवाइ नभएको उनले बताए।

पश्चिम जाजरकोटमा सडकको दूरावस्थाले निर्माण सामग्री ल्याउन र बिरामी हुँदा अस्पताल लैजानसमेत समस्या हुँदै आएको छ । सडकको स्तरोन्नति नहुँदा मध्यपहाडी लोकमार्ग, भेरी करिडोर र लुम्बिनी रारा सडकसँग यो सडक जोडिएको छैन।

GBIME

प्रतिक्रिया दिनुहोस्