Shikhar Insurance

डेडिकेटेड र ट्रंकलाइन बिवाद समाधानका लागि राजनीतिक नेतृत्वसँग उद्योगीको भेटघाट

सिंहदरबार संवाददाता
२०८० पुष ११, बुधबार १७:१२
NIMB
Nabil Bank

काठमाडौं । नेपाल उद्योग परिसंघसहित प्रभावित उद्योगी व्यवसायीहरुले डेडिकेटेड र ट्रंकलाइन बिवादका विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीको ध्यानाकर्षण गराएका छन् ।

परिसंघ उपाध्यक्ष अमित मोरसहितका उद्योगीहरुले राजनीतिक दलका नेतृत्वको ध्यानाकर्षण गराएका हुन् । मंगलबार एमाले अध्यक्ष ओलीसँग भेटघाट गरेको उद्योगीले आज बुधबार विहान भएको कांग्रेस सभापति देउवासँग भेटभाट गरेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

सो भेटमा कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीले कानूनी व्यवस्था अनुरुप विवाद समाधान हुनुपर्ने बताएको भेटमा संलग्न एक उद्योगीले बताए । “कानुनी व्यवस्था अनुरुप हुनुपर्छ, सबैले कानूनको पालना गर्नुपर्छ । यो विवाद बढाउने नभई समाधान गर्नेतर्फ आफूहरुले पनि सरकारको ध्यानाकर्षण गराउने” आश्वासन पाएको भेटमा सहभागी उद्योगीले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्