Shikhar Insurance

हामी मन्दिमा गएका छौँ, अर्थतन्त्रमा असाधारण ‘डेडलक’ देखियो-परिसंघ

सिंहदरबार संवाददाता
२०८० पुष १६, सोमबार १५:००
NIMB
Nabil Bank

काठमाडौं । नेपाल उद्योग परिसंघले मुलुक आर्थिक मन्दिमा गएको बताएको छ । ‘अर्थतन्त्रको वास्तविक अवस्था- सर्वेक्षण रिपोर्ट’ सार्वजनिक गर्दै परिसंघले अर्थतन्त्र मन्दिमा गएको निष्कर्शसहितको तथ्य अघि सारेको हो ।

“हामी मन्दिमा गएका छौँ । तीन त्रैमासिक देखि सरकारले जिडिपिको तथ्यांक सार्वजनिक गरेको छैन ।अर्थतन्त्र लगातार तीन त्रैमासिक देखि अर्थतन्त्र नेगेटिभ ग्रोथमा चलिरहेको छ ।” परिसंघ अध्यक्ष राजेश अग्रवालले प्रतिवेदन सार्वजनिक गर्दै भने । सरकारले अर्थतन्त्र सुध्रिएको दावी गरिरहेको तर आफू अनुकुल विवरण मात्रै देखाउने गरेको पनि बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

“सरकारले हरेक त्रैमासिकमा जिडिपिकाे तथ्यांक ल्याउनु पर्ने थियो । सरकारले आफुलाई अनुकुल हुने तथ्यांक मात्रै सार्वजनिक गरिरहेको छ ।”, अध्यक्ष अग्रवालले भने ।
मागमा आएको उच्च गिरावटले अर्थतन्त्रलाई मन्दिमा लगेको प्रमाणित हुने पनि परिसंघले भनेको छ । चालू आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा माग १२.०६% ले घटेको, उद्योगहरुको कारोबार रकम अघिल्लो बर्ष २४.९४% ले घटेको र यसपालि ७.४६% ले घटेको अध्ययनको दावी छ ।

सरकारको बिकाश बजेट खर्च नहुदा अर्थतन्त्रमा सुधार आउन नसकेको पनि परिसंघले अध्ययनले देखाएको छ ।अर्थतन्त्रमा “असाधारण डेडलक” देखिएको र त्यसबाट माथी आउनका लागि सरकार र निजिक्षेत्र तथा बिज्ञहरु संगै अघि बढ्नु पर्नेमा अध्यक्ष अग्रवालले जोड दिए । निर्माण ब्यवासायीलाई सरकारले ४० अर्बको भुक्तानी नदिएकाले पनि समस्या पेचिलो बन्दै गएको उनले बताए । परिसंघले एक सय उद्योगी समेटेर अध्ययन गरेको बताएको छ । अहिलेको अवस्थामा उद्योगीहरु थप लगानी गर्ने मनस्थितिमा नरहेको पनि अध्ययनले उजागर गरेको अध्यक्ष अग्रवालले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्