Shikhar Insurance

हिमालयन एभरेष्ट इन्स्योरेन्सका लगानीकर्तालाई १५ प्रतिशत लाभांश

सिंहदरबार संवाददाता
२०८० पुष २५, बुधबार १४:२७
NIMB
Nabil Bank

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सका लगानीकर्ताले १५ प्रतिशत लाभांश पाउने भएका छन् । पुस २५ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी २ अर्ब ३० करोड १५ लाख ३५ हजार रुपैयाँको कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा लगानीकर्तालाई ८।६३ प्रतिशतले हुन आउने १९ करोड ८६ लाख २२ हजार ४०० रुपैयाँ बराबरको बोनस शेयर र ६।३७ प्रतिशतले हुन आउने १४ करोड ६६ लाख ७ हजार ७८० रुपैयाँ बराबरको नगद लाभांश (कर प्रयोजनका लागि समेत) रहेका छन्।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा आगामी साधारण सभाबाट पारित भएपछि लगानीकर्तालाई सो मात्रामा लाभांश वितरण गरिने कम्पनीले जनाएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्