Shikhar Insurance

एक/एक रुपैयाँले घट्याे डिजेल/पेट्रोलको मूल्य

सिंहदरबार संवाददाता
२०८० माघ १, सोमबार २०:५६
NIMB
Nabil Bank

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेल/मट्टीतेलको मूल्य प्रति लिटर एक/एक रुपैयाँले घटाएको छ ।

नेपाल आयल निगमले मंगलबार राती १ बजेदेखि लागू हुनेगरी पेट्रोल र डिजेल/मट्टीतेलको मूल्य प्रतिलिटर एक/एक रुपैयाँ घटाएको हो  ।

Citizen Life
Kumar Bank
Nepal Life

सोमबार इन्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले मूल्य समायोजन गरेको हो ।

यस्तै सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६५ र डिजेलको मूल्य १५५ रुपैयाँ कायम भएको छ भने काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६६ र डिजेलको मूल्य १५६ रुपैयाँ कायम भएको निगमले जनाएको छ ।                                                   

GBIME

प्रतिक्रिया दिनुहोस्