Shikhar Insurance

तलबमा कुरा नमिलेपछि रामकृष्ण खतिवडाले बिचमै छाडे निफ्रा

सिंहदरबार संवाददाता
२०८० माघ २, मंगलवार ११:२८
NIMB
Nabil Bank

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा)का सीईओ रामकृष्ण खतिवडाले राजीनामा दिएका छन् । उनले आफ्नो कार्यकाल एक बर्ष बाँकी छँदै राजीनामा दिएका हुन् । उनलाई तत्कालिन केपी ओली नेतृत्वको सरकारले २०७७ पुस २९ गते चार बर्षका लागि निफ्राको सीईओ नियुक्त गरेको थियो ।

उनले एक बर्ष कार्यकाल बाँकी छँदै बैंक छाड्ने निधो गरेका हुन् । उनले बैंकसँग यस अघि गरेको सेवा करारलाई निरन्तरता दिन असमर्थ रहेको बताउँदै राजीनामा बुझाएका थिए । खतिवडाको राजीनामालाई पुस २९ गते बसेको बैंक सञ्चालक समितिको बैठकले स्वीकृत गर्दै नायब महाप्रबन्धक सुर्य बहादुर तामाङलाई कामु सीईओको जिम्मेवारी तोकिसकेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

स्रोतका अनुसार खतिवडाले खाईपाई आएको तलब सुबिधामा राष्ट्र बैंकले कटौती गर्न खोजेपछि उनले राजीनामा दिएका हुन् । राष्ट्र बैंकले निफ्रा सीईओ खतिवडाको तलब सुबिधा राष्ट्र बैंकको गाइलाइन भन्दा अधिक भएकाले तत्कालै सच्याउन निर्देशन दिएको थियो । खतिवडाले भने खाईपाई आएको सुबिधा घट्ने गरि जागिर नखाने अडान राखेका थिए । राष्ट्र बैंकले आफ्नो निर्णय पुनवरावलोकन नगर्ने निष्कर्ष सुनाएपछि खतिवडाले बैंक छाड्ने निर्णय गरेको स्रोतले बतायो ।

निफ्रा सीईओ खतिवडाले आर्थिक बर्ष २०७९/८० मा तलब भत्ता वापत एक करोड ३७ लाख ५० हजार रुपैयाँ  बुझेका थिए । राष्ट्र बैंकले बैंक सीईओहरुको तलब सुबिधा सम्बन्धी नियम अनुसार यो तलब भत्ता अधिक भएकाले तत्काल घटाउन भनेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्