Shikhar Insurance

एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत “एनआईबिएल स्टेवल फण्ड” को सार्वजनिक निष्काशन

सिंहदरबार संवाददाता
२०८० माघ २, मंगलवार १२:०१
NIMB
Nabil Bank

काठमाडौँ । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालन हुने छैठौं योजना “एनआईबिएल स्टेवल फण्ड” को सार्वजनिक निष्काशन २०८० माघ २ गतेबाट सुरु भएको छ ।

यस योजना संचालन गर्ने अनुमति नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट २०८० मंसिर २१ गते प्राप्त भएको थियो । यस योजनाको आकार १ अर्ब र समयावधि १२ वर्षको रहेकोे छ र यो हाल सम्मकै सबैभन्दा लामो अवधि भएको बन्दमुखी योजना समेत रहेको छ । योजनाको अवधि भर यस योजनाले बार्षिक प्रतिफलको रुपमा १६.१८ प्रतिशत प्रतिफल आफ्ना इकाईधनीहरुलाई दिन सक्ने प्रक्षेपण समेत जानकारी गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यस योजनाको सार्वजनिक निष्काशन मिति २०८०/१०/०२ देखि छिटोमा २०८०/१०/०५ र ढिलोमा २०८० माग १६ गते सम्म रहनेछ र इच्छुक लगानीकर्ताहरुले (व्यक्ति तथा संस्था) यस योजनामा न्यूनतम १ हजार रुपैयाँ देखि अधिकतम १० करोड रुपैयाँ सम्म लगानीका गर्न सकिनेछ । लगानीकर्ताहरुले आफ्नो सी–आश्वा खाता रहेको बैंक वा मेरो शेयरमा लगईन गरी अनलाईन आवेदन दिन सकिनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्