Shikhar Insurance

घोराही सिमेन्टको साधारण सभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित

सिंहदरबार संवाददाता
२०८० माघ २, मंगलवार १२:५५
NIMB
Nabil Bank

काठमाडौं। घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको साधारण सभा सम्पन्न भएको छ । कम्पनीले सेयरधनीलाई १५ प्रतिशत लाभांश कम्पनीले सेयरधनीलाई १५ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको हो ।

शनिबार दाङको घोराहीमा सम्पन्न कम्पनीको तेस्रो वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशतका दरले बोनश सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

साधारण सभामा घोराही सिमेन्टले प्रतिकुलताका बाबजुद आ.व २०७९/८० मा ६ करोड ३१ लाख मुनाफा आर्जन गरेको र आ.व २०८०/८१ को मङ्सिर महिनासम्म एक अर्ब ४२ करोड २५ लाख बराबरको सिमेन्ट बिक्रि गर्न सफल भएको अध्यक्ष पुरुषोत्तम लाल संघईले जानकारी दिएका छन् ।

आ.व २०७९/८० सम्मको सञ्चित मुनाफाबाट सेयरधनीलाई चुक्ता पूँजी ३ अर्ब ९७ करोड १९ लाखको १४.२५ प्रतिशतका दरले ५६ करोड ५९ लाख रुपैयाँ बराबरको वोनस सेयर र ०.७५ प्रतिशतका दरले (कर प्रयोजनका लागि) २ करोड ९७ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हाल कम्पनीको अधिकृत पूँजी ६ अर्ब ८० करोड र जारी तथा चुक्ता पूँजी ३ अर्ब ९७ करोड १९ लाख रुपैयाँ रहेकोमा १४।२५ प्रतिशतका दरले बोनस सेयर वितरण गरे पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजीमा वृद्धि भई ४ अर्ब ५३ करोड रुपैयाँ कायम हुनेछ ।

त्यस्तै कम्पनिको संचालक समितिका सदस्य गोविन्द लाल संघई र हर्षवर्धन संघईले कार्य अवधि बाँकी हुदै व्यक्तिगत कारणले २०८० कार्तिक २ गते राजीनामा दिएकाले सोहि मितिमा रिक्त रहेको संचालक पदमा अन्जु संघई र विवेक अग्रवाललाई नियुक्त गरिएको अध्यक्ष संघईले जानकारी दिएका छन् । यो सँगै कम्पनीको संस्थापक समुहमा ५ जना संचालक भएका छन् ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्