Shikhar Insurance

गणतन्त्रका प्रधानमन्त्री र मन्त्रीहरुले देशलाई नर्क बनाए: प्रेम सुवाल

सिंहदरबार संवाददाता
२०८० माघ २, मंगलवार १५:०९
NIMB
Nabil Bank

काठमाडौँ । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई देश विकास गर्न नसके राजीनामा दिन सुझाव दिएका छन् ।

२६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा मंगलवार भक्तपुरमा आयोजित जनचेतनामुलक शैक्षिक प्रदर्शनीलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनअघि मात्रै राजनीतिक दलका नेताहरुको बैठक राखेर आफू प्रधानमन्त्री बनेको एक वर्ष मात्रै भएको र देशको अर्थतन्त्र आफूले अहिलेको अवस्थामा नपुर्याएकाे भन्दै सुधारका काम गर्न नसके राजीनामा दिएर घरमा बस्न सुझाव दिए । उनले अघिल्लो सरकारहरुले गरेको भएपनि प्रधानमन्त्री भइसकेपछि जिम्मेवारी लिनुपर्ने बताए । राणा शासन र पञ्चायत बिरुद्ध लडेकाहरुले गणतन्त्रमा अब केही गर्न सकिँदैन भनेर जनतालाई धोका दिन नपाइने बताए । उनले जनतालाई धोका दिएर सिंहदरबार कब्जा गरेर नबस्न चेतावनी दिदैे नेपालका प्रधानमन्त्रीहरुसँग देश विकासको खाका नरहेको गणतन्त्रका प्रधानमन्त्री र मन्त्रीहरुले देशलाई नर्क बनाएको उनको आरोप छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सांसद सुवालले मेलम्चीको पानी बारम्बार उद्घाटन गर्ने काम लज्जाजनक रहेको बताए । उनले ८ पटकसम्म उद्घाटन भएको भन्दै एक पटक मात्रै उद्घाटन गरेर पानी वर्षदिन नै वितरण गर्ने काममा लाग्न सुझाव दिए । हरेक प्रधानमन्त्री र मन्त्रीहरुलाई खानेपानीको धारा खोल्नैपर्ने रहरले समस्या निम्तिएकोे अहिलेसम्म मेलम्चीमा पानीका लागि ६० अर्ब खर्च भइसकेको र अब ६० अर्ब खर्च गरेपनि बाह्रैमास पानी काठमाडौं आउन नसक्ने बताए । हेलम्बुको भूगर्भ अध्ययन गर्दा पहिरो कम गर्न नसकिने अवस्था रहेको भन्दै मेलम्चीको पानी निरन्तर आउने अवस्था तयार गर्न नेपालको खर्चले धान्न नसक्ने बताए । काठमाडौं उपत्यकामा जमिनमुनिको पानी निकालेपनि पुनःभरण नगर्दा झनै विपद्का घटना बढ्ने चेतावनी दिए ।

२६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा मंगलवार भक्तपुरमा जनचेतनामुलक शैक्षिक प्रदर्शनी गरिएको हो । भक्तपुर नगरपालिका, ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा जनचेतनामुलक शैक्षिक प्रदर्शनी भएको हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्