Shikhar Insurance

‘गाजा द्वन्द्वले विश्वकै सुरक्षालाई खतरामा पार्छ’

सिंहदरबार संवाददाता
२०८० माघ २, मंगलवार १६:२६
NIMB
Nabil Bank

काठमाडौँ । जोर्डनका विदेशमन्त्री अयमान सफादीले गाजा पट्टीमा इजरायलको आक्रमणले इजरायलको सुरक्षा क्षेत्रमा मात्रै नभई विश्वकै सुरक्षालाई खतरामा पार्ने बताएका छन् । राजधानी अम्मानमा ग्रीसका विदेशमन्त्री जियोर्गोस गेरापेट्रिटिससँगको भेटमा सफादीले उक्त टिप्पणी गरेका हुन् ।

जसमा दुई मन्त्रीहरूले गाजाको विकास, द्वन्द्व रोक्न प्रयास र स्ट्रिपमा मानवीय प्रकोपमा ध्यान केन्द्रित गरेका थिए । बैठकपछि एक संयुक्त पत्रकार सम्मेलनमा सफादीले गाजामा शत्रुताको तत्काल अन्त्य गर्न र स्ट्रिपलाई आवश्यक सबै सहयोग पु¥याउन प्रभावकारी संयन्त्र अपनाउन आह्वान गरे ।

Citizen Life
Kumar Bank
Nepal Life

ग्रीक मन्त्रीले जोर्डन सो क्षेत्रको प्रमुख देश भएको बताए । प्यालेस्टाइन मुद्दाको दिगो समाधान खोज्नको लागि पूर्व शर्तको साथ जोर्डनले भुमिका खेल्नुपर्ने बताए । उनीहरुले हमास द्वन्द्वको अन्त्य चाँडै हुनुपर्ने बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्