Shikhar Insurance

सेयर बजार ७.२४ अंकले घट्याे, ४ कम्पनीकाे सेयरमा सकरात्मक सर्किट

सिंहदरबार संवाददाता
२०८० माघ ४, बिहीबार १५:१७
NIMB
Nabil Bank

काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार एकल अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ७.२४ अंकले घटेर २१५५.८२ बिन्दुमा बन्द भएको छ ।

आज २९८ कम्पनीको २ करोड ११ लाख २५ हजार ७ सय ७६ कित्ता सेयर किनबेच हुँदा ८ अर्व १७ करोड ४९ लाख ८६ हजार २८२ रुपैयाँको कारोबार भएको छ । बिहिबार सबैभन्दा धेरै हिमायन रि-इन्स्योरेन्सको कारोबार भएको छ भने सबैभन्दा कम तेह्रथुम पावर कम्पनीको कारोबार भएको छ । आज ११२ कम्पनीको सेयर मूल्य बढेको छ भने १३१ कम्पनीको सेयर मूल्य घटेको र २ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

आज रिद्धी पावर कम्पनीको सहित ४ कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । साथै, आज सबैभन्दा धेरै तेह्रथुम पावर कम्पनीको ९.४३ प्रतिशतले सेयर मूल्य घटेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्