Shikhar Insurance

जथाभावी ऋण दिने बैंक र ऋण लिने ब्यवसायीका कारण अर्थतन्त्रमा समस्या आएको होः अर्थमन्त्री डा. महत

सिंहदरबार संवाददाता
२०८० माघ ६, शनिबार १६:१५
NIMB
Nabil Bank

नुवाकोट । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्रमा व्यापक सुधार भैरहेको दावी गरेका छन् ।

गोविन्द वियोगी स्मृति ट्रष्टद्वारा स्थापित गोविन्द वियोगी पत्रकारिता पुरस्कार हस्तान्तरण तथा वरिष्ठ पत्रकार सम्मान समारोहलाई सम्बोधन गर्दै डा महतले आफ्नो अथक मेहनतका कारण अर्थतन्त्रले ट्रयाक समाउदै गएको बताएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

मन्त्री डा. महतले भने, ‘मैले अर्थमन्त्रालयको जिम्मेवारी लिँदा समस्याको पहाड थियो, बजेट व्यवस्थापनमा पनि धेरै खालका बिथिति थिए । त्यसलाई अर्डरमा ल्याउने चुनौति मेरो सामू थियो । बानी परिसकेपछि त्यसलाई छोडेर अर्को बाटो तय गर्नु एकदमै कठिन काम हुँदो रहेछ । त्यो बिथितिलाई एकै धक्कामा सफा गर्न पनि कठिन थियो । विस्तारै काम भइरहेको छ । दायित्वमाथि दायित्व सिर्जना हुँदै जाने, हिसाबकिताब नदेखिने अवस्थाको हामीले अन्त्य गर्दैछौं । यसबाट स्वार्थ समूह बेखुशी छन् । बजेट व्यवस्थापन विस्तारै सिस्टममा ल्याउँदैछौं ।’
उनले कोभीडको समयमा अनावश्यक क्षेत्रमा अत्यधिक कर्जा गएकाले त्यसको प्रभाव अहिले देखिएको दावी पनि गरे । ‘समग्र अर्थतन्त्रमा बाह्य र आन्तरिक कारणबाट समस्याहरु थिए, कोभिड अगाडि र कोभिडका बेलामा धेरै ठूलो ऋण प्रवाह भयो, जुनबेला खर्च गर्न सक्ने ठाउँ नै थिएन । गलत समयमा धेरै ऋण प्रवाह भयो । लगानी गर्ने ठाउँ नभएपछि धेरै सेयर बजार जग्गा कारोबारमा भयो’, उनले थपे, ‘यसलाई रोक्न कसिलो मौद्रिक नीति आयो । लगानीको प्रतिफल नआउँदा दायित्व बढ्यो, ब्याज वृद्धि भयो । त्यो बेला ऋण लिएका ऋणी समस्यामा छन् । यो समस्या अहिले मुख्य छलफलको विषय बनेको छ ।’

उनले अर्थतन्त्रको जिम्मेवारी ऋण लिने ब्यवसायी र ऋण दिने बैंकहरुले लिनुपर्नेमा पनि जोड दिए । ‘अब लिने र दिने दुवैले जिम्मेवारी लिनुपर्छ । अर्थात् केही समय दिने र ब्याजदर घटाउने मौद्रिक नीति आएको छ । यसले राहत पुगेको छ।’

उनले घरजग्गा र सेयर बजारले अर्थतन्त्रलाई लयमा फर्काईरहेको पनि बताए । ‘विस्तारै अर्थतन्त्र लयमा फर्किदैछ । जग्गा कारोबार चलायमान भएको छ, नेप्से परिसूचक उकालो लागेको छ । धेरै वर्षपछि उच्च संख्यामा पर्यटक भित्रिएका छन् । बाहिरबाट सिस्टममा प्रशस्त पूँजी प्रवाह भएको छ । आत्मविश्वास पनि विकसित हुँदै गएको छ’ मन्त्री डा. महतले भने, ‘आर्थिक वृद्धि पहिलेको तुलनामा बढ्छ, लगानीको नयाँ क्षेत्रको पहिचान गर्नुपर्छ । अर्थतन्त्रमा देखिएको अन्योल समाप्त हुँदैछ ।’

GBIME

प्रतिक्रिया दिनुहोस्