Shikhar Insurance

२५.६३ अंकले घट्यो बजार, ७ अर्ब ६७ करोडकाे काराेबार

सिंहदरबार संवाददाता
२०८० माघ ७, आईतवार १५:२२
NIMB
Nabil Bank

काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)  २५.६३ अंकले घटेर २१३०.१८ बिन्दुमा बन्द भएको छ ।

आइतबार ३०८ कम्पनीको २ करोड २८ लाख २० हजार २ सय ९७ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ६७ करोड ७७ लाख ४० हजार ५८ रुपैयाँको कारोबार भएको छ । आइतबार सबैभन्दा धेरै हिमायन रि-इन्स्योरेन्सको कारोबार भएको छ भने सबैभन्दा कम सिइडिबि हाइड्रोपावरको कारोबार भएको छ । आज ६४ कम्पनीको सेयर मूल्य बढेको छ भने १७७ कम्पनीको सेयर मूल्य घटेको र ६ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

आज आखुखोला जलविद्युत कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको सेयर ९.७७ प्रेतिशतले बढेर प्रतिकित २ सय ३५ रुपैयाँ पुगेको छ । साथै, आज सबैभन्दा धेरै सिइडिबि सिइडिबि हाइड्रोपावर कम्पनीको ८.२७ प्रतिशतले सेयर मूल्य घटेको छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्