Shikhar Insurance

राष्ट्र बैंक संचालकलाई ‘नयाँ स्टक’ लाइसेन्सको औचित्य खोज्ने जिम्मा, ‘स्वार्थ बाझियो’

सिंहदरबार संवाददाता
२०८० माघ १०, बुधबार २२:०९
NIMB
Nabil Bank

काठमाडौं । सरकारले नयाँ स्टक एक्सचेञ्जको औचित्य खोज्ने जिम्मा नेपाल राष्ट्र बैंकका संचालक समिती सदस्य चिन्तामणि सिवाकोटीलाई दिएको छ । मंगलबार बसेको मन्त्रीपरिषद बैठकले सिवाकोटीको संयोजकत्वमा नयाँ स्टक एक्सचेञ्ज आवश्यक हो वा होईन भन्नेबारे अध्ययन गर्न समिति गठन गरेको हो । समितिमा अन्य दुईजना सदस्य छन् । उनीहरुलाई ४५ दिनको समय दिईएको छ ।

नेपाल स्टक एक्सचेञ्जमा नेपाल राष्ट्र बैंकको करिब 9.5% सेयर छ । सिवाकोटी नेपाल राष्ट्र बैंकको पूर्व डेपुटी गभर्नर समेत हुन् । राष्ट्र बैंक संचालकलाई नयाँ स्टक एक्सचेञ्जको आवश्यकताबारे अध्ययनको जिम्मा दिएपछि स्वार्थ बाझिएको भन्दै आलोचना भैरहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल धितोपत्र बोर्डमा नयाँ अध्यक्ष नियुक्तिका लागि सरकारले गठन गरेको छनौट समिती पनि विवादमा परिसकेको छ । सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीन बहादुर श्रेष्ठको संयोजकत्वमा अर्थ सचीव कृष्ण हरि पुष्कर र उदय निरौला विशेषज्ञ सदस्य रहेको समिती गठन गरेको थियो । समितीका विशेषज्ञ सदस्य निरौलाको विशेषज्ञतामा प्रश्न उठिसकेकाे छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्