Shikhar Insurance

महिला लघुवित्तको ‘लक इन’ अवधि फागुन १३ गते सकिने

सिंहदरबार संवाददाता
२०८० माघ १२, शुक्रबार १०:५१
NIMB
Nabil Bank

काठमाडौं। महिला लघुवित्तको ‘लक इन’ अवधि फागुन १३ गते सकिने भएको छ । उक्त अवधि सकिएपछि संस्थापक सेयरधनी तथा कर्मचारीहरुले होल्ड गरेको सेयर कारोबारको लागि योग्य हुनेछ ।

हाल लघुबित्तको ६ लाख कित्ता संस्थापक सेयर र ५ हजार कर्मचारीहरुको सेयर ‘लक इन’ रहेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को परिच्छेद ३ को दफा ११ मा भएको व्यवस्थाअनुसार संस्थापक सेयरधनीको पुस ३० गते नै ‘लक इन’ समाप्त भइसकेको कम्पनीले जनाएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, कम्पनीको संस्थापक सेयर सदस्यमध्ये सञ्चालक सदस्यमा रहेका व्यक्ति तथा कम्पनीको उच्च तहमा रहेका कर्मचारीले भने सेयर खरिद बिक्री गर्न नपाउन कम्पनीले जनाएको छ । यसको सेयर रजिष्ट्रारमा नेपाल एसबीआई मर्चेन्ट रहेको छ ।

 

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्