Shikhar Insurance

नेको इन्स्योरेन्सको २८औं साधारण सभा सम्पन्न, ५ जना संचालक निर्वाचित

सिंहदरबार संवाददाता
२०८० माघ १२, शुक्रबार १७:४८
NIMB
Nabil Bank

काठमाडाैं । नेको इन्स्योरेन्स लिमिटेडले २८औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । साधारण सभाले आर्थिक बर्ष २०७९/०८० को बार्षिक प्रतिवेदन पारित गर्नुका साथै संस्थापक सेयरधनीको तर्फबाट २ जना र साधारण सेयरधनीको तर्फबाट ३ जना गरी जम्मा ५ जना संचालकहरुलाई निर्वाचित गरेको हो ।

निर्वाचित हुने संचालकहरुमा संस्थापक सेयरधनीका तर्फबाट रमेश कुमार निरौला र प्रताप सुवेदी त्यसैगरी साधारण सेयरधनीको तर्फबाट भरत कुमार अधिकारी, भानुभक्त पोखरेल र डा. निलिमा श्रेष्ठ रहेका छन् । कम्पनीको निर्वाचन पश्चात् बसेको संचालक समितिको बैठकले रमेश कुमार निरौलालाई संचालक समितिको अध्यक्षको रुपमा चयन गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्