Shikhar Insurance

आईएमएफले दिने ३ अर्ब अमेरिकी डलर ऋण अस्विकार गर्न श्रीलंकामा दवाब

सिंहदरबार संवाददाता
२०८० माघ १३, शनिबार १९:०१
NIMB
Nabil Bank

कोलम्बो । श्रीलङ्काका राष्ट्रपति रनिल विक्रमासिङ्घेले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) सँग भएको सम्झौतामा देशको अडान र कुनै संशोधन आवश्यक छ कि छैन भन्ने विषयमा छलफल गर्न संसद्मा रहेका सबै राजनीतिक दलका नेतालाई आग्रह गरेका छन् । राष्ट्रपति विक्रमासिङ्घेले सम्झौता कार्यान्वयनका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषका प्रबन्ध निर्देशकसँग छलफल गर्न आफूले नेताहरूलाई निमन्त्रणा गरेको राष्ट्रपतिको सञ्चार महाशाखाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनले राजनीतिक दलले सहकार्य गरेर विभिन्न दृष्टिकोणको खोजी गर्नुपर्ने र लाभप्रद ठानेमा संशोधन प्रस्ताव गर्नुपर्ने बताए । सम्झौताका लागि संशोधन प्रक्रिया छलफलका लागि खुला भए पनि विद्यमान सम्झौतालाई स्वीकार गरी त्यसको कार्यान्वयनका लागि काम गर्न आवश्यक रहेको उनले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

राष्ट्रपति विक्रमासिङ्घेले देशलाई सफलतातर्फ डो¥याउन एकताको महत्वमा जोड दिँदै अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) को सम्झौताबाट पछि हट्दा श्रीलङ्काको अर्थतन्त्रप्रतिको विश्वास खतरामा पर्ने बताए ।

प्रतिबद्धताको राजनीतिका कारण मुलुकको अर्थतन्त्र धरासायी भएको उल्लेख गर्दै उनले निर्वाचनको तयारीमा सबै राजनीतिक दलले मुलुकको विकासका लागि व्यापक योजना बनाउनुपर्नेमा जोड दिए । मार्च २०२३ मा आईएमएफले श्रीलङ्काको आर्थिक नीति र सुधारलाई समर्थन गर्न लगभग तीन अर्ब अमेरिकी डलरको ४८ महिनाको विस्तारित व्यवस्थालाई अनुमोदन गरेको थियो । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्