Shikhar Insurance

सरकारले आर्थिक सुधार र भ्रष्टाचार नियन्त्रणमा अझै प्रभावकारी कदम चाल्नुपर्छ : माधवकुमार नेपाल

सिंहदरबार संवाददाता
२०८० माघ १४, आईतवार १४:४०
NIMB
Nabil Bank

काठमाडौं । सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारले मुलुकको आर्थिक क्षेत्रको सुधार, भ्रष्टाचार नियन्त्रण र सुशासनको निम्ति अझै प्रभावकारी कार्य गर्नुपर्ने बताएका छन् । आइतबारबाट काठमाडौंमा शुरु भएको पार्टीको केन्द्रिय परिषद् बैठकको उद्घाटन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् ।

अध्यक्ष नेपालले मुलुकमा विद्यमान व्यवस्था बिरुद्ध प्रतिगामी तत्वहरुले विभिन्न गतिविधिहरु सञ्चालन गरिरहेको उल्लेख गर्दै त्यसलाई निस्तेज पार्नका लागि पनि सरकार र सत्तारुढ गठबन्धनमा आवद्ध राजनीतिक दलहरुले संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढिकरण, संविधानको रक्षा र आवश्यक्ता अनुसार परिमार्जन देशको अर्थतन्त्रलाई सुदृढ बनाउनुपर्ने बताए । उनले गठबन्धन दलहरुले तयार पारेका न्युनतम नीति तथा कार्यक्रमलाई अझ गतिका साथ कार्यान्वयनमा लैजान पनि सरकारलाई सुझाव दिए । अध्यक्ष नेपालले राष्ट्रिय हितको रक्षा र स्वतन्त्र तथा सन्तुलित परराष्ट्र सम्बन्धलाई अगाडि बढाउन पनि सरकारलाई सचेत गराए । उनले जलवायु परिवर्तनले पारेका असरहरुलाई न्युनिकरण गर्नका लागि सरकारले गम्भिरतापूर्वक काम गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

उनले भने, ‘सरकारले भ्रष्टाचारीहरुलाई कारबाही गर्ने प्रयास गरिरहेको छ । आर्थिक क्षेत्रको सुधार र भ्रष्टाचार नियन्त्रण र सुशासनका निम्ति अझै प्रभावकारी कार्य गर्नुपर्ने आवश्यकता छ । मुलुकको वर्तमान अवस्थामा जनताको निराशा, प्रतिरोध र आक्रोशको भावनालाई उपयोग गर्दै पतिगमनकारी तथा पश्चागमनकारीहरुबाट विद्यमान व्यवस्था परिवर्तनको नाममा विभिन्न गतिविधिहरु सञ्चालन गरी राजनीतिक अस्थिरता पैदा गर्ने र सामाजिक सद्भाव खलबल्याउने कोशिस भइरहेको छ । यस्तो अवस्थामा वर्तमान बाम लोकतान्त्रिक शक्तिको सरकार सामु निश्चित दायित्वहरु छन् ।

निरन्तर प्रयास गर्ने । जलवायु परिवर्तने उत्पन्न गरेको जाखिम न्यूनिकरण गरी पर्यावरणीय सन्तुलन कायम गर्न पहल गर्ने, राष्ट्रिय हितको रक्षा र स्वतन्त्र र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्ने, आदि कार्यहरु नै वर्तमान सरकारका मुख्य दायित्वहरु हुन् । वर्तमान सरकार उपयुक्त दायित्व पूरा गर्न अझ गम्भिरता र तदातरुपताका साथ लाग्न आवश्यक छ । यतिबेला हाम्रो पार्टी तीन वटै तहको सरकारमा संलग्न छ । हामो पार्टी यो सरकारले जनपक्षीय काम गर्ने प्रयास गरिरहेको छ । ’

 

GBIME

प्रतिक्रिया दिनुहोस्