Shikhar Insurance

साताको पहिलो दिन सेयर बजारमा झिनो सुधार

सिंहदरबार संवाददाता
२०८० माघ १४, आईतवार १५:०८
NIMB
Nabil Bank

काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसुचक १०.३७ अंकले बढेर २०९४.४६ बिन्दुमा बन्द भएको हो ।

आइतबार ३०६ कम्पनीको १ करोड ७ लाख ५१ हजार १ सय ६४ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८३ करोड ३७ लाख ७६ हजार ५ सय ८० रुपैयाँको कारोबार भएको छ । आइतबार सबैभन्दा धेरै हिमायन रिइन्स्योरेन्सको कारोबार भएको छ । उक्त दिन कम्पनीको सेयर ३३ करोड ५३ लाख ४५ हजार ८ सय ८७ कित्ता सेयर किनबेच भएको छ । साथै, आज सबैभन्दा कम चन्द्रागिरी हिल्सको सेयर मूल्य घटेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्