Shikhar Insurance

नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन

सिंहदरबार संवाददाता
२०८० माघ १४, आईतवार १७:२२
NIMB
Nabil Bank

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । आइतबार (आज) रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र अरुण भ्याली हाइड्रोपावरको सेयर मूल्य समायोजन भएको हो ।

रिलायबल नेपालको समायोजन अघिसम्म ५ सय ७७ रुपैयाँ ५० पैसाको आधारमा १६ प्रतिशत बोनस सेयर समायोजन भएको हो । समायोजन पछि कम्पनीको सेयर मूल्य ४ सय ९७ रुपैयाँ ८४ पैसा रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

साथै, अरूण भ्यालीको पनि नेप्सेमा सेयर मूल्य समायोजन भएको छ । कम्पनीको समायोजन अघि २८० रुपैयाँ २० पैसाको आधारमा १०० प्रतिशत हकप्रद बापतको मूल्य समायोजन भएको हो । समायोजन पछि कम्पनीको सेयर मूल्य १ सय ९० रुपैयाँ १० पैसा रहेको छ ।

अब कम्पनीको सेयर सोमबार (माघ १५ गते) दोस्रो बजारमा कारोबारमा आउनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्