Shikhar Insurance

१०.२६ अंकले बढ्यो सेयर बजार, साढे ४ अर्ब बढीको कारोबार

सिंहदरबार संवाददाता
२०८० माघ १५, सोमबार १५:१२
NIMB
Nabil Bank

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक १०.२६ अंकले बढेर २१०४.७२ बिन्दुमा बन्द भएको हो ।

सोमबार ३११ कम्पनीको १ करोड २३ लाख २२ हजार ७ सय ५ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड ६५ लाख २२ हजार २ सय ३० रुपैयाँको कारोबार भएको छ । सोमबार सबैभन्दा धेरै हिमायन रिइन्स्योरेन्सको कारोबार भएको छ । उक्त दिन कम्पनीको सेयर ६० करोड १६ लाख ७१ हजार ८ सय ९ रुपैयाँको कारोबार भएको छ । साथै, आज गरिमा डिभेञ्चरको सेयरमा नकरात्मक सर्किट लागेको छ । साथै, दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट र ११ कम्पनीको सेयर स्थिर रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्